Advertisement

सुदूरपश्चिम प्रदेशको टोलीद्वारा बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन

ञ्चनपुरः सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन गरेको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) शारीरिक पुनर्स्थापना केन्द्र र ह्याण्डीक्याप इन्टरनेशलन/यूएसएआईडी फिजिकल रिहाबिलिटेशन एक्टिभिटी परियोजनाको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशको टोलीले बाग्मती प्रदेशका शारीरिक पुनर्स्थापना केन्द्रहरूको अवलोकन भ्रमण गरेको हो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले बाग्मती प्रदेशमा शारीरिक पुनर्स्थापनाको क्षेत्रमा भईरहेका राम्रा प्रयासहरूलाई सुदूरपश्चिम प्रदेशमा पनि लागु गर्न सकियोस् भन्ने उद्देश्यले प्रदेश स्तरीय अवलोकन भ्रमणको आयोजना गरिएको बताउनुभयो। उहाँले बाग्मती प्रदेशको बनेपामा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (एचआरडीसी) र साँगामा रहेको स्पाइनल इन्जुरी रिहाबिलिटेशन सेन्टर (एसआईआरसी) को अवलोकन भ्रमण गरिएको बताउनुभयो।

अवलोकन भ्रमणमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी र दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, स्वास्थ्य निर्देशनालयका प्रतिनिधिहरू, ह्याण्डीक्याप इन्टरनेशलनको टोली, एनएनएसडब्ल्यूएको टोली तथा कार्य समिति सदस्यहरू साथै अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको बताउनुभयो।

अवलोकन पछि गरिएको समीक्षामा उनिहरूले भ्रमणले शारीरिक पुनर्स्थापनाको क्षेत्रमा धेरै कुरा सिक्न पाईएको बताएका छन्। बाग्मती प्रदेशका राम्रा प्रयासहरूलाई सुदूरपश्चिम प्रदेशमा पनि लागु गर्नुपर्ने बताउँदै उनिहरूले पुनर्स्थापनाको क्षेत्रमा सुधारका लागि आफुहरू तयार रहेको बताएका छन्। उनिहरूले भ्रमणको आयोजना गरेकामा एनएनएसडब्ल्यूए र ह्याण्डीक्याप इन्टरनेशलनलाई धन्यवाद दिएका छन्।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले शारीरिक पुनर्स्थापना केन्द्र परियोजनामार्फत् सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरूमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको छ। परियोजना अन्तर्गत स्थानीय पालिकासँगको समन्यव तथा सहकार्यमा शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्रीको साथसाथै आवश्यक सेवाहरू प्रदान गरिदैँ आएको छ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज