Advertisement

एनएनएसडब्लुएद्धारा हरितालिका तीजको अवसरमा भीमदत्तमा निशुल्क खानेपानी वितरण

दोधारा । महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा महाकाली घाटस्थित रामेश्वर मन्दिर परिसरमा निशुल्क खानेपानी वितरण गरिएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ११ को आयोजना तथा जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिको आर्थिक सहयोग साथै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको समन्वयमा निशुल्क खानेपानी वितरण गरिएको हो। खानेपानी वितरण कार्यमा भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले सहयोग गरेको छ।

तीजका दिनमा महिलाहरू तथा दर्शकलाई निशुल्क रूपमा खानेपानी वितरण गरिएको भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापाले बताउनुभयो। उहाँले महिलाहरूलाई नाचगानका लागि डीजे साथै अन्य व्यवस्था समेत गरिएको जानकारी दिनुभयो।

जनज्योती सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक जमुना सुनारले तीजको अवसरमा अत्याधिक गर्मीलाई मध्यनजर गर्दै निशुल्क खानेपानी वितरण गरिएको बताउनुभयो। उहाँले यस मानवीय कार्यमा सहयोग गर्ने संस्थाहरू एनएनएसडब्ल्यूए र डीसीए नेपाल साथै उत्थानशील युवा सञ्जाललाई धन्यवाद दिनुभयो। उत्थानशील युवा सञ्जालका सदस्य कल्पना विश्वकर्माले सञ्जालले विभिन्न क्षेत्रमा मानवीय कार्य गर्दै आएको बताउनुभयो।

महाकाली घाटमा स्नान गर्न आएका महिला साथै मेला भर्न आएको श्रद्धालुहरूले यस्तो टन्टलापुर घाममा चिसो पानी पाउँदा निकै आनन्द आएको बताएका थिए।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गाँउमै रहर लाग्दो तरकारी खेती

गाँउमै रहर लाग्दो तरकारी खेती

पप्पु गुरुङ्ग, दोधारा । ललित सिंह ठकुरी अहिले तरकारी व्यवसायमा लागेर मनग्य आम्दानी गर्नुभएको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालि...
जिवन ज्योती सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

जिवन ज्योती सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

पप्पु गुरुङ्ग, दोधारा । जनज्योती कृषी सहकारी संस्था लिमिटेड दोधारा चाँदनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ् । कञ्चनपुरको दोधारा...
थोरै खर्चमा अचारबाट राम्रै आम्दानी

थोरै खर्चमा अचारबाट राम्रै आम्दानी

दोधारा । कञ्चनपुरको दोधारा चाँदनीमा नन्दा खत्रीले आँपको अचार बिक्रि गरेर राम्रो आम्दानी गर्नुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ ...
दलित नगर समन्वय समितिद्धारा बिरामीलाई उपचार खर्चमा सहयोग

दलित नगर समन्वय समितिद्धारा बिरामीलाई उपचार खर्चमा सहयोग

दोधारा । दलित नगर समन्वय समिति दोधारा चाँदनीद्धारा आर्थिक अवस्था दैनिय भएर समस्यामा रहेका बिरामीहरुलाई उपचार रकम सहयोग गरिएको छ् ।...
मानव बेचबिखन बिरुद्ध बिद्यार्थीहरुलाई सचेत गराउदै माईती नेपाल

मानव बेचबिखन बिरुद्ध बिद्यार्थीहरुलाई सचेत गराउदै माईती नेपाल

पप्पु गुरुङ्ग, दोधारा । मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा क्रियाशिल संस्था माईती नेपालले कञ्चनपुरको दोधारा चाँदनीमा सचे...
भीमदत्त नगरपालिका वडा नं.६ को वडाध्यक्षमा काकालाई हराउदै भतिजा निर्वाचित

भीमदत्त नगरपालिका वडा नं.६ को वडाध्यक्षमा काकालाई हराउदै भतिजा निर्वाचित

महेन्द्रनगर-कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं.६को वडा अध्यक्ष पदको लागि भएको उप निर्वाचनमा कांगेसका उमेदवार प्रकाश बहादुर...
लैङ्गिक हिंसा बिरुद्धको १६ अन्तराष्ट्रिय दिने अभियान  इतिहासको नालीबेली र नेपालको बर्तमान अवस्था

लैङ्गिक हिंसा बिरुद्धको १६ अन्तराष्ट्रिय दिने अभियान इतिहासको नालीबेली र नेपालको बर्तमान अवस्था

कञ्चनपुर : लैङ्गिक हिंसा, ईतिहास र न्यूनिकरणका अन्तर्राष्ट्रिय प्रयास : लैङ्गिक हिंसा (Gender-Based Violence, GBV) अर्थात लिङ्गका ...
दोधारा चाँदनीको गाँउ, टोलमा लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया

दोधारा चाँदनीको गाँउ, टोलमा लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा लैंगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया संचालन भईरहेको छ् । दोधारा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज