Advertisement

बाढीपिडितहरुलाई राहत लगाएत पुर्निर्माण र दीर्घकालीन योजनाहरुको बारेमा एमालेको ज्ञापन

पप्पु गुरुङ्ग, दोधारा । नेकपा एमाले दोधारा चाँदनीले महाकाली नदी र जगबुडा नदीको बाध नाघेर गाँउ बस्तीमा पसी जनताको बस्ने घर, वस्तुभाउ, कुखुरा, लत्ताकपडा, भाडाकुडा, आद्यान्न सामाग्री, खेतमा लगाईएको अन्नवाली तथा विकासका पुर्वाधारहरुमा पुर्‍याएको क्षतीको बिषयलाई लिएर आज दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाईएको छ् । बाढीपिडितहरुलाई राहत तथा बिकासका निमार्ण लगाएतका संरचना पुर्निर्माणको दीर्घकालीन योजनाकाहरुको बिषयलाई लिएर नेकपा एमाले दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाएको नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष गणेश सिंह भाटले जानकारी दिएका छन् । आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य तथा दोधारा चाँदनीका नगर ईन्चार्ज गगन खत्री, नेकपा एमाले नगर अध्यक्ष गणेश सिंह भाट, उपाध्यक्ष ओंम प्रकाश रोकाया, नगर सचिव सागर क्षेत्री, नगर उपसचिव शम्भुराज भट्ट लगाएत नेकपा एमालेको एक टोलीले दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई बाढीपिडितहरुलाई राहत तथा बिकासका निमार्ण लगाएतका संरचना पुर्निर्माणको दीर्घकालीन योजनाकाहरुको बिषयमा ज्ञापन पत्र बुझाएको हो ।

‘बाढी र डुवानबाट प्रभावित जनताहरुलाई छिटो उचित किसिमको राहत प्रदान गर्नु पर्ने, माहाकाली र जोगबुडा नदीको तटबन्ध जीर्ण भएका स्थानमा मर्मत गर्न र वडा नं ९ को ढकनाघाट देखि कुतियाकवर सम्म माहाकाली नदीको तटबन्धको उचाई बढाउनु पर्ने, साथै जोगबुढा र माहाकाली नदीमा पक्की तटबन्ध निर्माणका लागि पहल गर्नु पर्ने, महाकाली र जोगबुडा नदीको विभिन्न स्थानहरुमा माटो, ढुङ्गा र बालुवाका अग्ला भूभाग रहेको, जसले गर्दा पानीको प्राकृतिक वहावमा अवरोध आएर नदीको पानी बस्तीमा पस्ने र तटबन्ध भत्काउने भएकाले उक्त अग्ला भूभाग उत्खनन गरी निकासी गर्नुपर्ने, वडा नं १० को शान्तीटोल र वैतिफाँटमा सुरक्षित आवास (सेफ हाउस) निर्माण गर्नुपर्ने, मलेरिया नालामा पानी अत्याधिक भई नाला छेउका जनताको जमिन कटान गर्ने हुदा मलेरिया नालाका बाँकी रहेका स्थानमा तटबन्ध निर्माण गर्नु पर्ने, बाढी तथा डुबान क्षेत्र कुतियाकवर लगाएतका स्थानमा अन्नबालीको सट्टा अन्य वैकल्पिक बाली लगाउने बारेमा सम्भाव्यता अध्ययन गरी सोको कार्यान्वयन गर्नु पर्ने, बाढी र डुवानका कारण भत्केका तथा क्षती पुगेका सडक कल्भर्ट र पुलको तत्काल मर्मत तथा पुर्ननिर्माण गर्नु पर्ने, बाढी र डुवानको उच्च जोखिम रहेका क्षेत्रमा सुरक्षित एकीकृत आवासको व्यवस्था गर्नु पर्ने, महाकाली तथा जोगबुढा नदीको किनारका वस्ती भएका ठाँउहरुमा सौर्य वत्ती जडान गर्नु पर्ने,

भारतको जलविद्युत आयोजना (नाला स्केप बाट छाडेको पानी जोगबुढा नदीमा मिसिने र यसले वडा नं ७ देखि तल कुतियाकवर सम्म हिउदको समयमा पनि जमिन कटान गर्ने, गाँउ, बस्तीमा पसेर बाढी तथा डुवान हुने भएको हुदा जोगबुढा नदीमा तत्काल तटबन्ध निर्माण गर्नु पर्ने, वडा नं. ३ को पटराखल्लामा बसोबास गर्ने २७ घर डुवानमा परेको र सो भूभाग जोगाउनका लागि तटबन्ध निर्माणका साथै सुरक्षित आवासको व्यवस्था गरिनु पर्ने, वडा नं. १० को १८ नम्बर पिल्लर बस्ती जोड्ने झोलुङगे पुलको उचाई नबढाएमा बाढीले बगाउने सम्भावना रहेकाले सो पुलको उचाइ बढाई पुर्ननिर्माण गर्न र वडा नं. ३ को बडुवाल टोल जोड्ने झोलुङगेमा बाढीले क्षती पुगाएका कारण सो पुलको तत्काल पुननिर्माण गरिनु पर्ने,

जोगबुढा नदीमा निर्माण गरिएको तटबन्धको चौडाइ कम भएको कारण पानी नअटाई बस्तीमा पस्ने गरेको हुदा नदी एरियाको चौडाइ पानीको प्राकृतिक बहाव अनुसार तटबन्ध निर्माण गर्नुपर्ने, वडा नं. १० को शान्ति टोल डुवानमा पर्ने हुदा सो टोल देखि तल कुतियाकवर सम्म शान्ति टोलतर्फ तटबन्धको उचाइ जमिन सतहसम्म मात्र बनाउनुपर्ने, बाढी आएको समयमा उद्धारमा प्रयोग गरिने मोटरवोट र अन्य उपकरणको प्रयाप्त व्यवस्था गरिनु पर्ने, जैविक तटबन्ध निर्माणका लागि आवश्यक बोट विरुवाको उपलब्धताका लागि नर्सरी निर्माणको अवधारणा अगाडी बढाउन माँग गर्दछौं’

नेकपा एमाले दोधारा चाँदनी नगर अध्यक्ष गणेश सिंह भाट हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ् ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा विष्ट निर्वाचित

महेन्द्रनगर–नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरको १३ जिल्ला अधिबेशनबाट अध्यक्षमा उत्तम विष्ट निर्वाचित भएका छन् । नेपाल राष्ट्रि...
दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

दार्चुलाको दुहुँ गाउँपालिकाका लेखापाल किर्ते आरोपमा पक्राउ

महेन्द्रनगर–दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका लेखापाल गणेशदत्त भट्ट किर्ते आरोपमा पक्राउ परेका छन्। महा लेखापरीक्षकको कार्यालय...
नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

नेशनल प्याथ ल्याबको सुविधासम्पन्न महेन्द्रनगर शाखाको मन्त्री खड्काद्धारा समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार गल्ली नम्बर ३ स्थीत नेशनल प्याथ ल्याबको सुविधासम्पन्न शाखा संञ्चालनमा ल्याइएको छ । ...
धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

धनकुटामा गाँजा बोकेको सवारी साधानसहित १ जना पक्राउ

काठमाण्डौ ।  धनकुटाको साँगुरीगढी गाउँपालिका–५ मा गाँजा बोकेको गाडीसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले प्...
नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

नेकपा(एमाले) कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न, जिल्ला प्रतिनिधि परिषदको बैठक अगामी श्रावण २४ गते गर्ने निर्णयलगायतका महत्वपूर्ण निर्णयहरू पारित

महेन्द्रनगर–नेकपा(एमाले) जिल्ला कमिटी कञ्चनपुरको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार नेकपा(एमाले) कञ्चनपुरको पार्टी कार्यालय...
मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी

महेन्द्रनगर । कञ्चनपुरमा मण्टेश्वरी स्कूलमा सवा दुई करोड लगानी लागेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नंम्बर ४, जानकीटोलमा मदरल...
निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुल्यो : पत्रकार भण्डारी

महेन्द्रनगर : कञ्चनपुरका पत्रकार खेम भण्डारीले निर्मला प्रकरण निकासमा पुग्ने बाटो खुलेको बताएका छन् । बिहिबार निर्मला हत्या प्रकरण...
पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

पत्रकार खेम भण्डारीलाई १ महिना कैद, फैसलाविरुद्ध पुनरावेदन जाने तयारी

महेन्द्रनगर : कञ्चनपुर जिल्ला अदालतले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद, जरिवाना र क्षतिपूर्ति तोकेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज