Advertisement

भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित : महाकाली सिँचाई तेस्रो चरण महेन्द्रनगरको कार्यालयमा तालाबन्दी

महेन्द्रनगर : काम गरेको भुक्तानी नपाएपछि निर्माण व्यवसायी आन्दोलित भएका छन् । आन्दोलनको सुरवाति चरणमा निर्माण व्यवसायी संघ कञ्चनपुरले राष्ट्रिय गौरबको आयोजना कार्यालयमा तालाबन्दी गरेका हो । कञ्चनपुर निर्माण व्यवसायी संघको अगुवाईमा मंगलबार निर्माण व्यवसायीहरुले आफुहरुले गरेको कामको भुक्तानी नदिएको भन्दै बिरोध स्वरुप महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा तालाबन्दी गरेका हुन । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले गत आर्थिक बर्ष ०८०र०८१ मा गरेको कामको भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए ।

‘हामीले पटक पटक गरेको कामको भुक्तानी मागे तर, कार्यालयले भोली भन्दाभन्दै टार्दै आयो, त्यो आर्थिक बर्ष पनि सकियो, तर भुक्तानी गरिदिएन, ‘उनले भने, ‘व्यवसायीले घरजायजेथा बैंकका राखेर सरकारको काम गर्दछन, तर सरकारी कार्यालयले भुक्तानी दिदैन ।’ अध्यक्ष भट्टले महाकाली सिँचाई तेस्रो चरणको चरम लार्पबाहीले भुक्तानी नपाएपछि व्यवसायी आत्महत्या गर्ने संघारमा पुगेको बताए । अध्यक्ष भट्टले काम गरेर भुक्तानी नदिने जिल्लाका सबै कार्यालयमा तालाबन्दी गरिने घोषणा समेत गरेका छन । व्यवसायीको तालाबन्दीले कार्यालयको कामकाज प्रभावित भएको छ ।

नेशनल कस्क्ट्रक्सन प्रालिका संचालक एव संघका कोषाध्यक्ष दीपक भट्टले गत आर्थिक बर्ष मात्रै नभई त्यस अघिका आर्थिक बर्षमा पनि निर्माण व्यवसायीले गरेका कामको कार्यालयले भुक्तानी गर्न बाँकी रहेको बताए । उनले जिल्लामा सबैभन्दा बढि ४० करोड भन्दा बढि भुक्तानी गर्नुपर्ने तेस्रो चरणको भएकाले पहिलो पटक कार्यालयमा तालाबन्दी गरिएको बताए । बराह डेभलपर्स प्रालि÷सव कन्टेक्टर भवानी कालिका निर्माण कम्पनी प्रालिका संचालक हर्क बहादुर मल्लको बैंकको ऋण काटेर सरकारी काम गरेको तर अहिले आएर कार्यालयबाट धोखा पाईएको बताए । ‘मैले बैकबाट ऋण निकालेर सरकारको काम गरे तर, कार्यालयले भोली भन्दा भन्दै बर्ष नै सकियो, भुक्तानी गरिदिएन, ‘उनले भने, ‘चारैतिरबाट साहुहरुले सताईरहेका छन, हाम्रा पीडा कसले बुझिदिने ।’ उनका अनुसार आफ्नो कम्पनीले काम गरेको ४ करोड रुपैया बाँकी रहेको बताए ।

गाल्वा निर्माण सेवाका सव कन्टेक्टर कञ्चन राष्ट्रिय निर्माण कम्पनीका संचालक पुष्पराज अवस्थीले कार्यालयको कामका लागि बैंकबाट ऋण निकालेर काम गरेपनि अहिले भुक्तानी नपाएको बताए । ‘मैले बैंकबाट ऋण निकाले तर काम गरेपनि भुक्तानी गरिदिएन, अहिले त्यतिकै बैंकको ब्याज तिर्नुपरेको छ, ‘उनले भने, ‘हामीमाथि वित्तिय भारको संकट थापेर कार्यालयले आफु उन्मिन खोजेको छ ।’ महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार ७निर्माण कम्पनीको ४०करोड, ८४लाख, ४६ हजार, ४७१रुपैया भुक्तानी गर्न बाँकी छ ।

लुम्बिनी स्वच्छन्दबन्दन भगवती भेजीको १४करोड, ३०लाख, ८९४रुपैया, आरोग्य भेगिम सोसाईटी जेभीको १करोड, ८ लाख, २४ हजार ३९८रुपैया, गाल्वा निर्माण सेवा प्रालिको ३करोड, २१लाख, ७३ हजार, ५सय ७रुपैया, बराह डेभलपर्स प्रालिको ४करोड, ८२लाख, ४९ हजार, ४५९रुपैया, केएस कन्स्ट्रक्सन प्रालिको ७करोड, १५लाख, ९८हजार ७४०रुपैया, नेपाल आर्दश तेज जेभीको ५करोड, ४१लाख, १९ हजार ५८४रुपैँया र गीता साकुरा पावर जेभीको १६करोड, ९१लाख, ७९ हजार, ८८४रुपैया भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

घरबेटी कोठा देखाउँछन, जात सोधेपछि हुँदैन भन्छन्

–तुल्सि बिश्वकर्मा हाल म सुदूरपश्चिम विश्वविद्यलयको कानुमा संकायमा अध्यनरत छु । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लामा बसिरहेको करि...
लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

महेन्द्रनगर–नेकपा एमाले केन्द्रीय लेखा आयोगको कञ्चनपुर जिल्लामा सम्पन्न १३ औँ बैठकले स्थानीय तहसम्मको लेखा परीक्षण गराउने निर्णय ग...
हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

हात्ती मारेको आशंकामा एमाले अध्यक्ष पक्राउ

महेन्द्रनगर–हात्ति मारेको आशंकामा नेकपा एमालेका लालझाडी गाउँ कमिटी अध्यक्ष ओम प्रकाश राना पक्राउ परेका छन । एमाले लालझाडी गाउपालिक...
सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज शुक्रबार सार्वजनिक बिदा

महेन्द्रनगर–सुदूरपश्चिम प्रदेश सरकारले आज शुक्रवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। शुक्रबार रानाथारु समुदायको खख्डेहरा पर्वको अव...
कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

कञ्चनपुर जिल्लामा एसईई परीक्षाको तयारी पुरा, १ हजार ५ सय ६६ जना कर्मचारी परिचालित गरीने

महेन्द्रनगर–कञ्चनपुर जिल्लामा एसईई परीक्षाको लागि तयारी पुरा भएको छ । जिल्ला शिक्षा समन्वय ईकाई कञ्चनपुरका शाखा अधिकृत दशरथ भट्टले...
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दानेश्वरमा निर्विरोध

महेन्द्रनगर–जिल्ला स्थित दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवामा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका उम्मेदवार निर्बिे...
रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

रातोतातो स्टेसनले बुधबार सार्वजनिक गरेको ‘हैला बुदी’ मा के छ त्यस्तो, भिडियोसहित हेर्नुस

महेन्द्रनगर–पछिल्लो समय डोटेली भाषामा गाइएका गीतहरूबाट चर्चित बनिरहेको रातोतातो स्टेसनले आफ्नो नयाँ गीत ‘हैला बुदी’ भिडियोसहित सार...
कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली मनाईदै

महेन्द्रनगर–आज कञ्चनपुरसहित तराईका जिल्लाहरुमा धुमधामसित होली पर्ब मनाईदैछ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज