
पौष १ रामेछाप । रामेछाप जिल्ला सुनापति गाउँपालिकाको अध्यक्ष ठुलाकान्छा तामाङ माथि विभिन्न भ्रामक समाचार प्रचार गरी गाउँपालिकाको कामकाज गर्न समेत असहज वातवरण बनाएको भन्दै दु:ख ब्यक्त गर्नुभएको छ ।
केहि दिनदेखि मदक पदार्थ सेवन गरि झगडा गरेको र फरार भएको आरोप विभिन्न अनलाईन मिडियाद्वारा समचार सम्प्रेषण भए पश्चात अध्यक्ष तामाङले सुनापति न्युज डटकमसँग भने, सुनापति गाउँपालिकाको विकास र व्यक्तिको मानहानी गर्ने उद्देश्यले विभिन्न माध्यमबाट गलत समाचार सम्प्रेषण भईरहेको छ। स्थानियहरुसंग कुराकानी गर्दैगर्दा भनाभन चलेको र उक्त कुरा त्यहि समाप्त भएर मिलिसकेको थियो। तर ,गाउँपालिका र मेरो व्यक्तिगत जिवनमा समेत आच पर्ने भ्रामक समाचार प्रचार गरिएकाले उक्त समाचार प्रति पालिका र म स्वयम लागि परि कानुनी उपचारमा लाग्न वाध्य नगराउन अनुरोध गर्नुभयो ।
म पालिकाको विभिन्न कामको लागि दौडधूपमा व्यस्त छु ।वरु विकास निर्माणको काम तथा पालिकाको विविध गतिविधिमा सन्देश तथा सहयोग गर्न समेत अपिल गर्नुभयो।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।