रामेछाप । विजयदशमी तथा शुभदिपावली छठ साथै नेपाल सम्बद्को शुभकामना आदानप्रदान कार्यक्रमको पावन अवसरमा हार्मोनी बहुउद्देश्यीय शहकारी लि.ले सुनापति गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता प्रथम हार्मोनी कप-२०७८ यहि असोज ३०, ३१ र कार्तिक १ गते सम्म हुने भएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ४० हजार सहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यस्तै दोस्रो हुने समुहलाई २५ हजार, तेस्रो हुने समुहलाई १५ हजार नगद शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै सान्तोना पुरस्कार १० हजार सहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई शिल्ड मेडल, प्रमाणपत्र सहित नगद प्रदान गरिने छन् भने, सहभागी सम्पूर्ण टिमलाई प्रोत्साहन स्वरुप सम्मान गरिने छ ।
गाउँपालिका स्तरीय खुल्ल पुरुष भलिबल प्रतियोगिता भएको हुँदा १ टिममा १० जना खेलाडी १ जना प्रशिक्षक र १ जना टिम व्यवस्थापक भन्दा बढी खेलाडी खेलमा समावेश गर्न नपाइने आयोजकले जानकारी दिनुभयो ।
जसका लागि खेलाडीहरूको सुनापति गाउँपालिकाको बासिन्दा भएको परिचय खुल्ने प्रमाण-पत्र सहित १ वडाको खेलाडी अर्को वडामा समावेश हुन नपाउने आयोजकले जानकारी दिएका छन् ।टिम दर्ताको अन्तिम मिति २८ गते बुधबार साँझसम्म रहेको छन् भने टिम दर्ता शुल्क २५ सय रहेको छ ।
हिलेदेबि, साँधी डाँडामा हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा उपस्थितिका लागि आयोजकले सबै खेलप्रेमी महानुभावहरुलाई हिक्मत थिङ(समर्पित ) ले अपिल समेत गरेको छ ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।