काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा दुई हजार ३२१ र चार हजार ४९२ एन्टिजेन परीक्षणमा ७५४ जना गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै पीसीआर परीक्षण गर्दा हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार २२८ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७८ हजार ३७७ छ । सो अवधिमा थप दुई हजार १२६ जना सङ्क्रमण मुक्त भएका छन् । योसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार २९९ पुगेको छ ।
हाल ३७ हजार ११४ होम आइसोलेसनमा तथा तीन हजार ३८६ जना संस्थागत आइसोलेसनमा छन् । त्यसैगरी ७३९ आइसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ५०० रहेको छ ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ४२९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस अवधिमा ९१ हजार ११ ले खोप लगाएका छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।