Advertisement

Day: २६ फाल्गुन २०८१, सोमबार

कर्णालीमा खसेको मान्छे उद्धार गर्न गएका आठ जना हिजोदेखि भोकभोकै भीरमै अड्कीए

कर्णालीमा खसेको मान्छे उद्धार गर्न गएका आठ जना हिजोदेखि भोकभोकै भीरमै अड्कीए

कर्णाली, गण्डकी, ताजा अपडेट, समाचार
महेन्द्रनगर– बाजुराको स्वामिकात्तिक खापर गाउँपालिका २ फयाल गाउँका पुसे भण्डारीलाई उद्धार गर्न गएका ८ जना हिजोदेखि भोकभोकै भीरमै अड्कीएका छन् । माछा मार्न दिनहुजसो कर्णाली नदी जाने पुसे झरेउला हाल्ने र जाल खेल्ने गर्दै आएका थिए । आइतबारपनि जाल सहीत कर्णाली नदीमा पुगेका पुसेले आफुले हालेको झर्उलाँको माछा संकलन गरे र केही माछा जाल हानी मारेर फर्किने बेला एक्कासी चिप्लीएर त्यही लडेँ र कर्णाली नदीको किनारामा खस्दा उनको मृत्यू भएको छ । घाइते भएका पुसेले आफन्तलाई फोन गरी हातखुट्टा भाँचिएको र उठ्न नसक्ने अवस्थामा पुगेको र आफन्तलाई उद्धारको लागि अपिल गरेको उनका आफन्तले बताएका छन् । आईतबार ४ बजेको समयमा गाउँबाट ४ जना पुरुष, एक महिला र ३ जना बालबालिका हतार हतार उद्दारका लागि घटना स्थल पुग्दासम्म ५ बजीसकेको र ३८ बर्षिय पुषे अचेत अवस्थामा रहेका थिए । तर उद्दारका लागि गएका आफन्त पुसे खसेको स्थान न...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज