
एलपी ग्यासको मूल्य बृद्धि हुने
महेन्द्रनगर–एलपि ग्यास उद्योगीहरु र सरकारविच भएको सहमति अनुसार एलपी ग्यासको मूल्य बृद्धि हुने भएको छ । आज मंगलबार भएको सरकार र नेपाल एलपी ग्यास उद्योग संघ बीच ग्यासको भाउ १२ रुपयाँ ७५ पैसा बढाउने लगायतका ५ बुँदे सहमति भएको हो । सरकारसंगको सहमतिसंगै संघले आन्दोलन फिर्ता लिएका छन् ।
सहमतिसँगै अब ग्यासको भाउ प्रतिसिलिन्डर १ हजार ९ सय १० बाट बढेर १ हजार ९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की सहितका सरकारी प्रतिनिधि र उद्योगीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिने सहमति निर्माण भएको हो । संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले ५ बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको नयाँ खवरलाई जानकारी दिए ।
सहमतिमा यस्ता बुदा छन् :
१. मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगहरूको वाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भा...