
फारवेष्टर्न ट्राभल मार्ट शुरु, पर्यटन तथा नागरीक उड्यान मन्त्री पाण्डेले गरे उद्धघाटन्
महेन्द्रगनर–महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव(फारवेष्टर्न ट«ाभल्स मार्ट) शुरु भएको छ । शुक्रबार भीमदत्त नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं. ४ स्थीत होटेल ओपेरामा मार्टको पर्यटन तथा नागरीक उड्यान मन्त्री बद्री पाण्डेले विरुवामा पानी हालेर समुद्धघाटन गरेका हुन ।
तिन दिनसम्म चल्ने मार्टमा सुमद्धघाटनको दिन विभिन्न बक्ताहरुले सुदूरपश्चिमको पर्यटन विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण राखेका थिए । भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न भएको समुद्धघाटन कार्यक्रममा पर्यटन मन्त्री पाण्डे प्रमुख अतिथि रहेका थिए । पर्यटन तथा नागरिक उड्डायान मन्त्री बन्द्री पाण्डेले मार्टको उद्घाटन गर्दै निजि क्षेत्रलाई पर्यटनमार्फत आर्थिक विकास गर्न निजी क्षेत्रलाई रातो कार्पेट विच्छ्याएर स्वागत ग...