भेरी–बबई डाइभर्सन आयोजनालाई समस्याग्रस्त हुन नदिन संघीय सरकारले विेशेष पहल गरोस : मुख्यमन्त्री कडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन संघीय सरकारले विशेषको पहलकदमको आवश्यकता रहेको बताएका छन। पछिल्लो पटक गठन भएको सरकारले आयोजनालई समस्याग्रस्त आयोजनाको रूपमा राख्ने तयारीको चर्चाबीच आयोजनास्थल पुगेर सम्बद्व पक्षहरूसंग छलफल गरेका मुख्यमन्त्री कडेलले यही अवस्थामा कामको गति नबढने र थप भएको समयमा समेत आयोजना सम्पन्न नहुने अवस्थाले आयोजनाको भविष्यलाई लिएर चिन्ता हुनु स्वभाविक रहेको भन्दै संघीय सरकारले यस सम्बन्ध विशेष पहल लिनुपर्ने धारणा राखेका हुन। छलफलमा मुख्यमन्त्री कडेलले संघीय सरकारको कार्यक्षेत्र रहेपछि प्रदेशको चासो र चिन्ताको भएकोले राष्ट्रिय गौरवको यो आयोजना निर्माणको गतिलाई यहि अवस्थामा छाडन नहुने बताए। उनले भने, थपिएको समयमा पनि साठीप्रतिशतको आसपासमा मात्र काम भएको रहेछ, यहि गतिले अर्को चार व...



















