
माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई लागुऔषध मुद्धामा एक वर्ष जेल र दुई लाख जरिवाना
महेन्द्रनगर–माओवादी केन्द्रबाट निर्वाचित एक गाउँपालिका अध्यक्षलाई नवलपरासी जिल्ला अदालतबाट एक बर्ष जेल र दुई लाख जरिवार र ८ हजार क्षतिपूर्ति भराउने फैसला भएको छ । अदालतले लागु औषध सम्बन्धी मुद्धामा माओबादी केन्द्रबाट निर्वाचित नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई १ वर्ष कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो । लागुऔषधसम्बन्धी मुद्दामा गत साता बुधबार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले उनीसहित दुई जनालाई दोषी ठहर गरेको थियो ।
बिहीबार भएको सजाय निर्धारण फैसलाअनुसार अध्यक्ष गुप्तालाई जरिवानासहित कारागार चलान गर्ने र नगरपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला गरेको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए ।
नगरप्रहरी धोबी यसअघि पनि लाघुऔषध मुद्दामा दोषी ठहर भइसकेकाले थप एक वर्ष कैद र ५० ...