सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित
परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार अध्यक्ष पदनका लागि भएको निर्वाचनमा ३ सय मत प्राप्त गरी साउद अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी हरिप्रसाद जोशीले २६९ मत प्राप्त गरे । निर्वाचनमा ६२० मत खसेकोमा ३२ मत बदर भएको छ । कुल मतदाता १ हजार १ सय २७ रहेका छन् ।
संञ्चालक समिति अध्यक्ष निर्वाचित भएका साउद लामो समय पत्रकारीता पेशामा रहेका थिए । अन्य पदाधिकारीमा सर्वसम्मत चयन भएका छन् ।
अन्य पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा राम प्रसाद भट्ट, सचिवमा कृष्ण धामी, कोषाध्यक्षमा डम्बर पाण्डेय, उप सचिवमा राम बहादुर भण्डारी निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यमा कृष्ण सिंह जैसी, केउरादेवि धामी, दशरथ नाथ र मान सिंह भण्डारी चयन भएका हुन् । लेखा समिति तथा सुरपरिव...











