सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै
महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग तथा समसामयिक शैक्षिक चुनौतीबारे गहन विमर्श गर्ने उद्देश्यले शनिबार काठमाडौं विश्वविद्यालय(केयू) स्कुल अफ एजुकेसन र सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागको संयुक्त आयोजनामा ‘‘प्रोभिन्सियल टिचर्स कन्फरेन्स–सुदूरपश्चिम’को हुने भएको हो ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षक सम्मेलनबारे बारे जानकारी दिएको छ । सम्मेलनमा सुदूरपश्चिम प्रदेशभरीका प्रारम्भिक बाल विकास(ईसीडी) देखि विश्वविद्यालय तहसम्म अध्यापन गराउने शिक्षक, प्राध्यापक, शिक्षाविद् तथा अनुसन्धाताहरूको सहभागिता रहने प्राध्यापक गम्भिर चन्दले बताए ।
सम्मेलनमा मुख्य वक्ताका रूपमा प्राध्यापक डा. बालचन्द्र लुइँटेल र डा. मदन सिंह देउपा रहनेछन् भने सुदूरपश्चिम विश...











