Advertisement

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग तथा समसामयिक शैक्षिक चुनौतीबारे गहन विमर्श गर्ने उद्देश्यले शनिबार काठमाडौं विश्वविद्यालय(केयू) स्कुल अफ एजुकेसन र सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागको संयुक्त आयोजनामा ‘‘प्रोभिन्सियल टिचर्स कन्फरेन्स–सुदूरपश्चिम’को हुने भएको हो ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षक सम्मेलनबारे बारे जानकारी दिएको छ । सम्मेलनमा सुदूरपश्चिम प्रदेशभरीका प्रारम्भिक बाल विकास(ईसीडी) देखि विश्वविद्यालय तहसम्म अध्यापन गराउने शिक्षक, प्राध्यापक, शिक्षाविद् तथा अनुसन्धाताहरूको सहभागिता रहने प्राध्यापक गम्भिर चन्दले बताए ।
सम्मेलनमा मुख्य वक्ताका रूपमा प्राध्यापक डा. बालचन्द्र लुइँटेल र डा. मदन सिंह देउपा रहनेछन् भने सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक डा। भवानी चन्द प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

एकदिने सम्मेलन अवधिभर मुख्य मन्तव्यका साथै २५ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुति र विषयगत कार्यशाला सञ्चालन गरिनेछ। कार्यपत्रहरूमा शिक्षणमा कृत्रिम बुद्धिमत्ता(एआई)को प्रयोग, प्रारम्भिक बाल विकास, परीक्षारहित मूल्याङ्कन, समावेशी शिक्षण पद्धति, शिक्षक–विद्यार्थीको मानसिक कल्याण तथा समग्र विद्यालय रूपान्तरणजस्ता समसामयिक विषय समेटि उनले जानकारी दिए ।
कार्यशाला तथा प्रस्तुतीकरणमार्फत शिक्षकहरूबीच सिकाइ अनुभव, व्यावहारिक सीप र नवीन अभ्यासहरू आदानप्रदान गरिनेछ। सम्मेलनलाई पाँच सहयोगी र १२ सहायक साझेदार संस्थाहरूले सहकार्य गरेका छन्। करिब सात लाख रुपैयाँ लागत अनुमान गरिएको यस सम्मेलनले सुदूरपश्चिम प्रदेशको शैक्षिक रूपान्तरण र नीतिगत सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज