Advertisement

सुदू्पश्चिममै पहिलो पटक अनुसन्धान सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धान सम्मेलन हुन लागेको छ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ४ स्थित सार्क एजुकेशन फाउन्डेसनले शैक्षिक क्षेत्रमा अनुसन्धान संस्कृतिको विकास गर्न, नयाँ ज्ञान तथा विचारको आदानप्रदान गर्न र विद्यार्थी तथा शिक्षकलाई अनुसन्धानतर्फ प्रेरित गर्ने उद्देश्यले शनिबार र आईतबार ‘सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन’ गर्न लागेको हो ।

फाउण्डेसनले बिहीबार पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको छ । पत्रकार सम्मेलमा प्लस टु संयोजक राजेश भण्डारीले अनुसन्धान विश्वविद्यालयका लागि मात्र महत्वपूर्ण नभई शिक्षक विद्यार्थी विद्यालयहरुका लागि पनि महत्वपूर्ण हुने बताए । सम्मेलनमा राष्ट्रिय अन्तराष्टिय स्तरका व्यक्तित्वहरुले जजमेन्ट गर्ने उनले बताए । उनले विद्यार्थीहरुको पहिलो चरणको अनुसन्धान भएकाले अन्तराष्ट्रिय स्तरका व्यक्तित्वहरुको सल्लाहसुझाव महत्वपूर्ण हुने बताए । सम्मेलनलाई सिरिजकोरुपमा प्रत्येक बर्ष निरन्तर अगाडि बढाउने फाउण्डेसनको योजना बनाएको छ ।

फाउण्डेसनका प्रवन्ध निर्देशक डा. लक्ष्मण बस्नेतले सम्मेलनको मोडालिटिबारे जानकारी दिदै पहिलो चरणमा विद्यार्थीहरुले दैनिकजीवनमा आउने विभिन्न समस्याका समाधान आफ्नो अनुसन्धानमा आधारित प्रस्तुति दिने १२ स्टल राखिने बताए । उनले स्टलमा एक एक जना मेन्टर र १० देखि १२ जना विद्यार्थीहरुको उपस्थिति रहने बताए ।
त्यसैगरी दोस्रो चरणमा १२ जना प्रोजेक्टर रहने र उक्त चरणमा विद्यार्थीहरुले वैज्ञानिक तवरले समाधान खोज्ने र उक्त प्रस्तुति सुप विश्वविद्यालयका प्रोफेसर तथा भारत, अमेरीकाबाट आएका अनुसन्धान विज्ञका अगाडि प्रस्तुति दिने बताउनुभयो ।

उनले अर्को चरणमा प्यानल डिस्कसन राखिएको बताए । प्यानल डिस्कसलमा पाच जना विद्यार्थीले अहिलेको अनुसन्धान ढाचाँ र ट्रेण्डबारे डिस्कसन गर्ने जानकारी दिए ।
सम्मेलनमा प्रत्येक दिन ६ वटा पेपर प्रजेन्टर, १६ वटा पोष्टर माडेल प्रजेन्टसन र एक वटा प्यानल डिस्कसन रहने निर्देशक डा. बस्नेतले बताए ।

‘सम्मेलनका लागि विद्यालयले यस अघि एक सय ८० विद्यार्थीलाई विभिन्न विषयमा अनुसन्धान गर्न लगाएको थियो । तीमध्ये छनौट गरी सम्मेलनमा उत्कृष्ठ २८ आर्टिकल सहित विभिन्न क्षेत्रका अनुसन्धानकर्ता र विज्ञले अनुसन्धान पेपर प्रस्तुति गरीनुका साथै प्रकाशित गरीनेछन् ।

सम्मेलनमा १६ स्टल राखिने जानकारी दिइएको छ । त्यसमा १० देखि १२ विद्यार्थी हुने छन् । सम्मेलनमा १२ जनाले अनुसन्धान सम्बन्धि प्रस्तुति दिने छन् ।
सुदूरपश्चिम विश्वविद्यालय, मध्य पश्चिम विश्वविद्यालय र भारतका बायो टेक्नोलोजीका प्राध्यापक सम्मेलनमा विज्ञकारुपमा सहभागी हुने भएका छन् ।
सम्मेलनमा सार्कका कक्षा ७, ८, ९, ११ र १२ का विद्यार्थीमध्येबाट सहभागी हुन लागेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज