Advertisement

सुदूरपश्चिमको मौलिक स्वाद प्रवर्द्धन गर्न ‘सुप थाली’ सार्वजनिक

कञ्चनपुर – सुदूरपश्चिमको मौलिक, अर्गानिक तथा परम्परागत खानपानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले स्थानीय परिकारयुक्त ‘सुप थाली’ सार्वजनिक गरिएको छ।
कञ्चनपुरको भीमदत्तनगर–३ महेन्द्रनगर स्थित ममताज काजबारले  पत्रकार सम्मेलन गरी सुप थालि सार्वजनिक गरिएको हो । सुप थालीमा बटुक, माणा, डूब्का, फापरको रोटी, गौतानि, भाङको चट्नी लगायतका विभिन्न सुदूरपश्चिमेली परिकार हुने ममताज काजबारका प्रबन्ध निर्देशक धिरज चन्दले बताए ।
नेपाली खानपानको बजारमा थकाली र नेवारी खानाको व्यापक चर्चा भइरहेका बेला सुदूरपश्चिमका ऐतिहासिक तथा सांस्कृतिक परिकारलाई समेत पहिचान दिलाउने उद्देश्यले ‘सुप थाली’ ल्याइएको उनले बताए । प्रबन्धक चन्दले खानालाई पेट भर्ने माध्यम मात्र नबनाई भूगोल, संस्कृति र पहिचानको संवाहकका रूपमा प्रवर्द्धन गर्ने उद्देश्य रहेको उनले जानकारी दिए ।
‘सुप थाली’मा सुदूरपश्चिमको पहिचान बोकेका डुक्का, माडा, फापर तथा कोदोको रोटी, गट्टानी तथा स्थानीय जातका पोपिला गेडागुडी समावेश गरिएको जनाइएको छ।
त्यस्तै, स्वाद र सुगन्धका लागि जिम्बु, टिमुर, भाङको छोप तथा पहाडी तोरीको तेल जस्ता मौलिक मसला तथा सामग्रीको परम्परागत संयोजन गरिएको छ।
थालीमा कृत्रिम रङ तथा हानिकारक रसायनरहित परिकार प्रयोग गरिएको छ। फलाम तथा काँसका भाँडामा परम्परागत विधिबाट पकाइने भएकाले परिकार पौष्टिक र पाचनीय हुने दाबी गरिएको छ।
‘सुपा थाली’लाई सुदूरपश्चिमको खानाको थाली मात्र नभई बझाङ, बाजुरा, दार्चुलादेखि कञ्चनपुरसम्मको पहाडी जनजीवन, संस्कार र आतिथ्य सत्कारको प्रतिनिधित्व गर्ने परिकारका रूपमा प्रस्तुत गरिएको छ।
सुदूरपश्चिमको लुकेको पाककला, संस्कृति र स्वादलाई देश–विदेशमा पुर्‍याउन सुप थालिले महत्त्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज