Advertisement

शिक्षा विकास निर्देशनालय डोटी कार्यसम्पादनमा टप

धनगढी – नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र(ईआरओ) ले गरेको कार्यसम्पादन परीक्षणमा शिक्षा विकास निर्देशनालय, दिपायल डोटी देशभरमा टप भएको छ ।
ईआरओले आर्थिक वर्ष २०८१÷०८२ मा विभिन्न सूचकका आधारमा गरेको कार्यसम्पादन परीक्षणमा सुदूरपश्चिमको शिक्षा विकास निर्देशनालय देशभरका छ वटा विकास निर्देशनालयलाई उछिन्दै पहिलो भएको हो । शिक्षा विकास निर्देशनालय दिपायले सर्वाधिक ८३ दशमलव ३७ अंक प्राप्त गरेको छ । त्यसैगरी कोशी प्रदेशले ४९ दशमलव ७१, मधेशले ३९ दशमल ५१, बागमतीले ८० दशमल ८७, गण्डकीले ६६, लुम्बिनीले ५७ दशमल ९१ र कर्णालीले ७१ दशमल ०३ अंक प्राप्त गरेका छन्।

ईआरओको प्रतिवेदनअनुसार सात प्रदेशमध्ये सुदूरपश्चिम र बागमतीको कार्यसम्पादन स्तर ‘धेरै राम्रो’, गण्डकी र कर्णालीको ‘राम्रो’, कोशी र लुम्बिनीको ‘सामान्य वा सन्तोषजनक’ तथा मधेशको ‘कमजोर’ रहेको छ।
संघीय सरकारले महानिर्देशनालयलाई उपलब्ध गराएको कार्य विवरणअनुसार कामको प्रभावकारिता, गुणस्तर, समयपालना, मितव्ययिता तथा सेवाग्राहीलाई प्रदान गरिएको सेवाको अवस्थालाई आधार बनाएर स्वतन्त्र रूपमा मूल्याङ्कन गरिएको ईआरओले जनाएको छ ।

निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले कार्यालय देशभरमै पहिलो हुदा आफुहरुले गरीरहेको कार्यलाई थप प्रभावकारी र गुणस्तरीय बनाउनका लागि हौसला मिलेको बताए । ‘हामीलाई दिइएको जिम्मेवारी पूरा गर्न कार्ययोजना बनाएर अघि बढ्ने, बजेटमा मितव्ययिता अपनाउने र तोकिएको समयमै कार्यसम्पादन गर्ने हाम्रो प्राथमिकता हो,’ विष्टले भने, ‘यो मूल्याङ्कनले हामीले गरिरहेको कामलाई अझ प्रभावकारी बनाउन थप हौसला दिएको छ। आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्ने गरी अघि बढ्नेछौँ।’
महानिर्देशक बिष्टले कार्यालयको उपलब्धि नेतृत्व र कर्मचारीको सामूहिक प्रयासको परिणाम रहेको बताए । आगामी दिनमा शिक्षा क्षेत्रमा अझ प्रभावकारी, गुणस्तरीय र सेवामुखी कार्यसम्पादन गर्ने उनले बताए ।

महानिर्देशक विष्टले नेतृत्व गरेका समयमा दुई जिल्ला डडेल्धुरा र दार्चुला क्रमशः दुई र तिन पटक कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट भएका छन् । उनी प्रमुख रहँदा २०६८, २०६९ र २०७० सालमा जिल्ला शिक्षा कार्यालय दार्चुला कार्यसम्पादनमा प्रथम भएको थियो। भने उनी प्रमुख रहँदा २०७१ र २०७२ सालमा जिल्ला शिक्षा कार्यालय दुई पटक कार्यसम्पादनमा प्रथम भएको थियो। त्यसबेला क्षेत्रीय शिक्षा निर्देशनालयले कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गर्ने गरेको थियो। उत्कृष्ट कार्यसम्पादन गरेबापत महानिर्देशक विष्टलाई ५० हजार रुपैयाँ नगदसहित उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत समेत गरिएको थियो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज