Advertisement

शवबाट कानको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

महेन्द्रनगर – विपद्का समयमा अमानवीय गतिविधि गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

भोटेकोसी नदीमा आएको भीषण बाढीले बगाएर नारायणी किनारामा हुत्याएकी महिलाको शवबाट कानको मुन्द्रा निकाल्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बुधबार तिब्बततर्फबाट आएको भीषण पहिरोसहितको बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडिओ सार्वजनिक भएको थियो।

सामाजिक सञ्जालमा भाइरल भिडिओका आधारमा अनुसन्धान गर्दा शवबाट सुनको मुन्द्रा तान्ने कार्यमा संलग्न देखिएका दुई जनालाई बिहीबार भरतपुर महानगरपालिका–१, पोखरा बसपार्कनजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीले नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क, सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको प्रहरीले जनाएको छ।

भोटेकोशी बाढीपछि नारायणी तथा त्रिशूली नदी किनारमा भेटिएका शवको व्यवस्थापन र पहिचानको काम तीव्र रूपमा भइरहेका बेला मृतकको शरीरबाट गरगहना निकाल्ने जस्ता घटनाले पीडित परिवारमा थप पीडा पुर्‍याउने भन्दै प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको हो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज