Advertisement

वडा स्तरीय बालक्लवलाई बाल अधिकार नेतृत्व तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

महेन्द्रनगर–वडास्तरीय बाल क्लब लाई बाल अधिकार नेतृत्व विकास तथा लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरको ९÷११ होटलमा भीमदत्त नगरपालिका वडा नं १८ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र देवकोटाले बालबालिकालाई नेतृत्व विकास तालिम, विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको तालिम दिएर उनिहरुलाई दक्ष बनाउने उदेश्यले तालिम प्रदान गरिएको बताए । बालबालिकाहरु भोलीको नेतृत्व गर्ने तहमा पुग्ने, देशको सर्वाङगिण विकासमा भविष्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले उनीहरुलाई अहिले देखी नै दक्ष बनाउने उदेश्यले बाल क्लबका सदस्यहरुलाई सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एबम् प्रहरी उप रिक्षक खड्क बहादुर खत्री, योगाचार्य सुरेन्द्र ओझा र भीमदत्त नगरपालिका कानुनी सल्लाहकार वीरेन्द्र बहादुर सिंहले बालबालिकाहरूलाई विभिन्न विषयमा प्रशिक्षण गरेका थिए ।
कानुनी सल्लाहकार वीरेन्द्र बहादुर सिंहले बालबालिका सम्बन्धी कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण गरेका थिए । नेपालको संविधानमा बालबालिका का विभिन्न प्रकारका हकको बारेमा जानकारी दिए । उनले बालबालिका सम्बन्धी कानुनी व्यवस्थाका बारेमा व्याख्या गर्दै उनले बालबालिकाको सर्वोपरि, शिक्षा, स्वास्थ्यको अधिकार, पारिवारिक संरक्षणमा हुर्कन पाउने अधिकार , दुर्व्यवहार, श्रम शोषण गरिनु हुन्न भन्ने कानुनतः व्यवस्था भएको बताए ।  योगाचार्य सुरेन्द्र राज ओझाले नेतृत्व विकास र योगासम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले लागू औषधको कुलतबाट आफू र समाजलाई कसरी जोगाउन सकिन्छ रु तथा साइबर अपराध बात जोगिन के गर्ने रु भन्ने बारेको प्रस्तुतिकरण दिएका थिए ।

उनले प्रहरी कष्टडीमा लागू औषधका मुद्दा बढी भएकाले लागुऔषधको दुर्व्यसनी न्यूनीकरण गर्न बालबालिकाको पनि महत्वपूर्ण भूमिका हुने बताए । ुप्रहरी कष्टडीमा धेरै जसो मानिस लागू औषधको मुद्दाका रहेका छन् ु, उनले भने ुलागू औषधले मानिसको सामाजिक देखि मानसिक र शारीरिक समस्या हुने र अन्य आत्महत्याको केस सम्म हुने भएकाले तपाईंहरूले पनि समाजमा अवार्नेस गर्न सघाउनुपर्यो ।ु टेक्नोलोजीको दुरुपयोग भइरहेको र जसका कारण साइबर क्राइम जस्ता अपराध भइरहेको उनले बताए ।
भीमदत्त नगरपालिका १८ को बाल क्लबका अध्यक्ष भावेश ओेझाले कार्यक्रम अति नै लाभदायिक रहेको बताए । तालिमले सहभागिहरुको जिवनमा निकै ठुलो परिवर्तन गर्ने र आफनो क्षमता विकास पनि भएको उनले बताए । त्यसैगरी कार्यक्रममा सहभागि क्लवकी उपाध्यक्ष अकेसा जोशीले पनि तालिमबाट बालअधिकारको बारेमा थप जानकारी पाएको बताए । उनले लागुपदार्थको बारेमा सचेत भएको र कुन राम्रोबाटो कुन नराम्रो बाटो पहिल्याउन सहयोग मिलेको बताए ।
लागुऔषधको कुलतमा लाग्नबाट कसरी जोगिनुपर्ने रहेछ र त्यसबाट पर्ने प्रभावलगायतका बारेमा जानकारी पाएको र त्यसलाई आफुमा मात्रै नराखी मेरो घरवरीपरका अन्य साथीभाईलाई सचेतना फैलाउने क्लवका सचिव कृतिका भट्टले बताए ।
कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं १८ का वडाध्यक्ष रवीन्द्र देवकोटा , वडा सदस्य , वडा सचिव दिनेश राज भट्ट लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत तथा बलकलावमा आबद्ध बालबालिका हरुको सहभागिता थियो । उनीहरुलाई प्रमाण पत्र पनि प्रदान गरीएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज