Advertisement

वडा नम्बर ४को नव निर्मित प्रशासनिक भवनको समुद्धघाटन

महेन्द्रनगर–कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ को नवनिर्मित प्रशासनिक भवनको औपचारीकरुपमा समुद्धघाटन गरीएको छ । नयाँ बर्षको अवसरमा दोधारा चाँदनी नगरपालिकाका वडा नं. ४को प्रशासनिक भवनको समुद्धघाटन नगर प्रमुख किशोर कुमार लिम्बुले भवनको उद्धघाटन गरेका हुन् । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारको अध्यक्षता एवं नगर प्रमुख किशोर कुमार लिम्बुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नगरपालिकाले सबै वडामा कार्यालय भवन निर्माण गर्ने योजना सहित काम अघि बढाएको छ । वडा कार्यालय भवन उद्धघाटन गर्दै नगर प्रमुख किशोर कुमार लिम्बुले अझै केही वडा कार्यालयको भवन निमार्णको लागी पहल भईरहेको बताए । नगरप्रमुख लिम्बुले सबै वडामा पुर्वाधार निर्माण गरि सेवा प्रवाह गर्ने नीति अन्र्तगत वडा कार्यालयका लागि भवन निर्माण कार्य सम्पन्न भएको बताए ।
दोधारा चाँदनी नगरपालिकाले बिनियोजन गरेको झण्डै रु ९० लाखमा वडा कार्यालयको भवन निमार्ण भएपछि सेवाग्राहीहरुलाई सेवा दिन सहज भएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताए । वडाध्यक्ष भक्त बहादुर सुनारले आफ्नै कार्यालयबाट जनतालाई सहज रुपमा सेवा दिन कार्यालय निर्माण गरिएको बताउनु भयो । वडा अध्यक्ष सुनारका अनुसार भवन निर्माण भएपछि वडावासीले सरहजरुपमा सेवा पाउनेछन् । कार्यक्रममा महिला स्वयमसेवीका, कर्मचारी, पुर्व जनप्रतिनिधी लगाएतलाई सम्मान गरिएको थियो ।

वडा कार्यालय भवन उद्धघाटन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, नगरउपप्रमुख गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिकाका पुर्व नगरउपप्रमुख चिनी गिरी ओझा, वडाध्यक्ष भक्त बहादुर सुनार लगाएत जनप्रतिनिधी, स्थानियबासी तथा कर्मचारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज