Advertisement

लेखा आयोगका बाँकि रहेका कार्यहरुलाई तिब्रता दिने–अध्यक्ष डां कंडेल

महेन्द्रनगर–नेकपा एमाले केन्द्रीय लेखा आयोगको कञ्चनपुर जिल्लामा सम्पन्न १३ औँ बैठकले स्थानीय तहसम्मको लेखा परीक्षण गराउने निर्णय गरेको छ । शुक्रबार नेकपा एमाले कञ्चनपुर पार्टी कार्यालयमा बैठकका निर्णय सार्वजनिक गर्न गरीएको पत्रकार सम्मेलनमा नेकपा एमाले केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्प कंडेलले पार्टिको विधान अनुसार पालिकास्तरसम्मका कमिटिहरुको लेखा परीक्षण गर्नुपर्ने भएकाले त्यही म्याण्डेट अनुसार केन्द्रीय लेखा आयोगले काम गरीरहेको बताउनुभयो । ‘स्थानीय तहसम्मको लेखा परीक्षण गर्नेभन्ने छ, पार्टीको विधानमा, त्यो विधानले गरेको व्यवस्थाअनुसार नै पार्टीको राजनितिक दस्तावेज, राजनितिक प्रतिवेदनले र पार्टिको सयूक्त सोचलाई सहयोग गर्ने हिसावले केन्द्रीय लेखा आयोगले काम गरीरहेको छ,’ उहाँले भन्नुभयो ‘र यहि अनुसार हामीले गरेका छौ र अघिल्लो आर्थिक बर्षको करिव–करिव हामीले हामीलाई तोकिएको जुन विधानमा परीभाषित गरेको जिम्मेवारी पुरा गरेकाछौ ।’
यो आर्थिक बर्षको आर्थिक लेखा परीक्षण चलिरहेको कुरा उल्लेख गर्दै उहाँले समग्र प्रतिवेदन आगामी महाधिबेशनमा पेस गरीने बताउनुभयो । ‘यो आर्थिक बर्षको लेखा परीक्षण पनि चल्दैछ, र आगामी महाधिबेशनमा समग्र प्रतिवेदन लगेर राख्छौ,’ अध्यक्ष कंडेलले भन्नुभयो ‘हाम्रो मुल्यांकनमा कहिले काही कमिटि कसरी चलेकोछ भन्नेकुराले पनि प्रभावित पार्नेरहेछ, र पार्टि कमिटिहरु पनि अहिले व्यवस्थीत चल्न थालेका छन्, हुन त हामी सुधारकै अवस्था रहेको र सुधिएको स्थीती रहेको छ, र पूर्णरुपमा व्यवस्थीत बनाउने कुरा त यो पार्टी कमिटि पनि हो, फेरी त्यसकारण यसलाई संस्थाको जस्तो हण्ड्रेड प्रतिशत त हेर्न सकिदैन, हामीले हेर्र्ने भनेको आधारभूत कुराहरु हो ।’
सुदूरपश्चिम प्रदेशको पनि गत आर्थिक बर्षको लेखा परीक्षण भईसकेको बताउनदै आर्थिक पारदर्शितामा सुदूरपश्चिमको कमिटि अगाडी रहेको उहाँले बताउनुभयो । ‘सुदूरपश्चिम प्रदेशको पनि गत आर्थिक बर्षको सबै लेखा परीक्षण ग¥यौ, नौ वटै जिल्लाको लेखा परीक्षण भयो र धनगढी उप–महानगरपालिकासम्मकै लेखा परीक्षण भईसक्यो,’ उहाँले भन्नुभयो ‘समग्र प्रदेशको हेर्नेहो भने अरु प्रदेशभन्दा उत्तम लाग्छ, त्यसका लागि सुप प्रदेशलाई पनि धन्यवाद दिन्छु ।’
उहाँका अनुसार लेखा परीक्षणका कामहरु बाकि रहेका जिल्लामा लेखा परीक्षणका कामलाई तिव्रता दिने, समयमा लेखपरीक्षण नगराउने, पार्टीलाई समयमा बक्यौता नतिर्ने, हरुलाई कारवाहिको प्रक्रिया क्रमश अगाडि बढाउनको लागि पार्टिका माथिल्ली निकायमा सिफारिग गर्नका लागि, अनुसासन आयोगलगायतका निकायमा सिफारिस गर्नका लागि आग्रह गर्ने लगायतका विषयमा निर्णय गरीएको लेखा आयोग अध्यक्ष कंडेलले बताउनुभयो ।
उहाँले समग्रमा पार्टीभित्र र देशभित्रको सुशासनका विषयहरु हेर्न र हेर्नुपनि पर्ने निष्कर्षमा लेखा आयोग पुगेको पनि बताउनुभयो । समग्रमा नेकपा एमाले पार्टी आर्थिकरुपमा व्यवस्थीतरुपमा चलेको र बचतमा रहेको पार्टी भएको उहाँले बताउनुभयो । ‘हाम्रो बैठकमा समग्र पार्टीका विषयमा पनि चिन्ता भएकोछ, र पार्टीभित्रका आर्थिक कामका व्यवस्थापनका सन्दर्भमा पनि चिन्ता व्यक्त भएको छ,’ उहाँले भन्नुभयो ‘यहाँ बैठकमा आउका ति सबै सुझावहरु केन्द्रीय नेतृत्वलाई पनि दिन्छौ, केन्द्रीय नेतृत्वले त्यो अनुसार सच्चाएर पनि गएको छ । देशका समग्र पार्टीहरुमा अरु पार्टीहरु कसरी चलेका छन् ? बाहिरबाट हेर्दा व्यवस्थतिरुपमा चल्ने पार्टी र नचल्ने पार्टी सबै उस्तै देखिन्छन्, नेकपा एमाले कसरी चलेको छ ? नेकपा एमाले आर्थिकरुपमा पनि व्यवस्थीत तरीकाले चल्न खोजेको छ, त्यही भएर नेकपा एमाले बचत(नाफा)मा पनि चलेको छ ।’
उहाँले पार्टीमा आर्थिक हिसाव व्यवस्थीत भएता पनि अन्य कुराहरु गर्नु पर्ने विषय धेरै रहेको बताउनुभयो । ‘पार्टीमा पनि केही कमजोरी होलान्, हामीले आर्थिक हिसाब व्यस्थित भनेका हौं, अन्य कुरा पनि सुधार गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज