Advertisement

मेगा बचत तथा ऋण सहकारीको १३औं बार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर – मेगा बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार संस्थाको महेन्द्रनगर सेवा केन्द्र र दैजी सेवा केन्द्रको संयुक्त रुपमा संस्थाका अध्यक्ष रघुनाथ ओझाको अध्यक्षता एबं जेष्ठ शेयर सदस्य हिरा देवी जोशीको प्रमुख आतिथ्यतामा १३औं साधारण सभा सम्पन्न गरिएको हो । ब्रह्मदेव, दोधारा सेवा केन्द्रको बुधबार र धनगढी, बेलौरी सेवाकेन्द्रको साधारण सभा शनिबार सम्पन्न गरिएको थियो ।

साधारण सभामा बार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष रघुनाथ ओझाले प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाको शेयर पूँजी ४१ लाख ६१ हजार एक सय रुपैयाँले बढेर ७ करोड ३७ लाख ८३ हजार एक सय रुपैयाँ पुगेको छ । सहकारीको संस्थागत पूँजी ५ करोड ३९ हजार ६ सय ३७ रुपैयाँ रहेको छ । निक्षेपमा पनि सहकारीले प्रगति गरेको देखिएको छ । प्रतिवेदनमा अघिल्लो वर्षको निक्षेपभन्दा झण्डै ५ करोड बढी निक्षेप संकलन गरेको देखिएको छ । अघिल्लो वर्ष ४२ करोड ८३ लाख ७४ हजार ७ सय ३ रुपया निक्षेप रहेकोमा गत वर्षमा संस्थाले ४७ करोड ३८ लाख ९८ हजार ७१ रुपया निक्षेप संकलन गरेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म ७५ करोड ९४ लाख ७६ हजार ९ सय ७१ रुपया बराबरको सम्पत्ति रहेको मेगा सहकारीले ७२ लाख ६५ हजार ९ सय ३३ रुपया खुद नाफा आर्जन गरेको छ ।

सदस्य सँग छरिएर रहेको सानोतिनो पूँजीलाई एकितृत गरी पूँजीको अभाव भएका इच्छुक सदस्यलाई ऋण प्रदान गरी उद्यमशीलता मार्फत सदस्यको जीवनस्तर माथि उकास्ने उद्देश्यले सहित सहकारीले काम गरिरहेको अध्यक्ष ओझाले बताए ।

जेष्ठ शेयर सदस्य केशव दत्त जोशीले आम्दानीसँगै दैनिक रुपमा बचत गर्नु पर्ने कुरामा जोड दिए । उनले बढीभन्दा बढी बचत गर्ने बानी बसाल्नु पर्छ बताउँदै सहकारीको उत्तरोत्तर प्रगतीको कामना गरे ।

सभामा शेयर सदस्य सुनपाती मार्कण, धन बहादुर देउवा, कलावती देवी साउद लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहकारीले बचतकर्ताको सानो सानो बचतलाई सही र सुरक्षित ठाउँमा लगानी गर्दै र विश्वसनीय सेवा दिँदै आएको र अझै विश्वसनीय सेवा दिने अपेक्षासहित उनीहरूले शुभकामना मन्तव्य राखे ।

साधारण सभामा उत्कृष्ठ बचतकर्ता, ऋणी, समूहलगायतलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको छ । सभामा साधना कला केन्द्रका कलाकारहरूले नृत्य देखाएका थिए ।
२०७१ सालमा २५ जना शेयर सदस्यको ५२ हजार शेयर पूँजीबाट सुरु गरिएको सहकारीको हाल ८७ करोड शेयर पूँजी पुगेको छ । १३ औं साधारण सभाबाट १ हजार शेयर सदस्य वृद्धि गर्ने लक्ष राखेको छ ।

विगत पाँच वर्षदेखि महिला शेयर सदस्यलाई महिनाको तीन सय र दसैँ खर्च बापत एक हजार रुपैयाँ प्रदान गर्दै आएको संस्थामा ३ हजार ३ सय ८२ महिला र ३ हजार ५ सय ३१ पुरुष गरी कुल ६ हजार ९ सय १३ शेयर सदस्य रहेका छन् ।
मेगा बचत तथा ऋण सहकारी राष्टिय सहकारी बैंकद्वारा दुई पटक शाखा स्तरीय उत्कृष्ट कारोबार पुरुस्कार र एक पटक प्रदेश स्तरीय उत्कृष्ट पुरस्कारबाट सम्मानित भइसकेको छ । त्यसैगरी भीमदत्त नगरपालिकाले उत्कृष्ट संस्था २०८१ बाट समेत संस्था सम्मानित भइसकेको छ ।

भिडियो सहित हेर्नुहोस्

साधारण सभामा सहकारीका शेयर सदस्य, बचतकर्ता, सञ्चालक समितिका पदाधिकारी, सदस्य तथा विभिन्न उपसमिति संयोजक तथा सदस्य र कर्मचारीको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सहकारीका कार्यकारी प्रमुख सुनिल सेटीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज