Advertisement

महेन्द्रनगर खुला मञ्चमा मंगलबारदेखि कञ्चनपुर पर्यटन महोत्सव संञ्चालन हुने, रेखा थापालगायतका राष्ट्रिय कलाकार आउदै

महेन्द्रनगर–कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा मंगलबारदेखि सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव संचालन हुने भएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकिय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने नाराकासाथ नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्न लागेको हो ।

 

 

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक ललित परियारको अध्यक्षतामा १ सय २१ सदस्यीय मुल आयोजक समिति र विभिन्न १४ उप समिति समेत गठन गरेर मेलाको तयारी गरिरहेका छन । नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुरका संयोजक एव मेला मुल आयोजक समितिका कार्यक्रम संयोजक ललित परियारले मेलाको तयारी तिव्र रुपमा अघि बढेको बताए । उनले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनुका साथै आम उद्योगी, व्यवसायी, कृषकले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको बताए ।

 

 

‘जिल्लाको कृषि क्षेत्रको प्रर्बद्धन गर्न तथा आधुनिक कृषि तर्फ कृषकहरुलाई आकर्षित गराई स्थानीय तथा स्वदेशमै उत्पादित बस्तु तथा सेवाको बजार विस्तार गछौँ, ‘उनले भने, ‘ऐतिहासिक, धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रर्बद्धनमा टेवा पु¥याई निकासी गर्दै स्वदेशी उत्पादनको उपभोग बृद्धि गराउँछौँ ।’

मुलुक आत्मनिर्भर बनाउनका लागि कृषि क्षेत्रको प्रर्याप्त सम्भावना भएकाले कृषिका बस्तु तथा सेवा उत्पादन गरेर निर्यात गराउने उदेश्य रहेको उनले बताए । संयोजक परियारका अनुसार लगानी सृजना गर्ने, सहकारी, वित्तिय, कृषि, बैंकिङ्ग, सेवा विस्तार, ग्रांमिण बस्तु तथा सेवाको प्रर्बद्धनन गर्दै आर्थिक कृयाकलाप बृद्धि गर्ने बताए । मेलामा लघु उद्यम प्रर्दशन, अटो प्रर्दशन, कृषि प्रर्दशनी, गार्मेन्ट, बैकल्पिक उर्जा, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, विद्युतीय समाग्री, शिक्षा, बाल उद्यान स्वास्थ्य, क्षेत्रका सेवा प्रर्दशनी गरिनेछन । १५० हाराहारीमा स्टल रहने र छिमेकी मुलुक भारतबाट समेत दर्शक आउने र झण्डै १लाख दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिमका थारु पहाडी समुदायका परम्परागत मौलिक खाद्य परिवार, कला एव छुट्टै थारु गाँउ जस्ता स्टल रहनेछन । मेलाबाट हुने आम्दानी समेत समाजिक कार्यमा खर्च गरिने जनाएको छ । संयोजक परियारका अनुसार भीनपा ८ तिलाचौरमा नेपाल आमाको मूर्ति निर्माणका लागि सहयोगार्थ प्रति टिकटमा २, नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अक्षयकोष स्थापनार्थका लागि पनि २रुपैया र समाजकल्याण बाल अनाथालयमा सहयोगार्थका लागि प्रति टिकेटमा १ रुपैया छुट्याईनेछ । ‘हामीले साधारण टिकेट तर्फ यस्तो समाजिक सेवा गर्ने निर्णय गरेका छौँ, ‘उनले भने, ‘यो सम्भवत समाजिक क्षेत्रको एक उदाहरणीय बन्नेछ ।’ मेला महोत्सव आर्थिक कारोबार, मनोरञ्जन गर्नका लागि मात्रै नभई समाजिक सेवाका लागि समेत रहेको उनले बताए ।

 

 

मेलामा जिल्लाभरीका अन्तर विद्यालयका विद्यार्थीविच नृत्य प्रतिस्पर्धा समेत गराईने छ । प्रथम हुने विद्यालयलाई नगद १०, द्वितियलाई ७ र तृतियलाई ३ हजार रुपैया सहित प्रमाण पत्र प्रदान गरिनेछ । ‘मेलामा हामीले विद्यार्थीको नियमित पढाईका अतिरिक्त कला पहिचान एव प्रर्दशन गर्ने थलोका रुपमा समेत लिएका छौँ, ‘उनले भने, ‘महोत्सवको चौतर्फि आयाम छन ।’ मेला महोत्सव साँस्कृतिक संयोजक करन पालले स्थानीय एव राष्ट्रिय कलाकारबाट समेत साँस्कृतिक कार्यक्रम प्रर्दशनी गरिनेछ । ओझेलमा परेको कलादेखि चर्चामा आएका सबै स्थानीय एव राष्ट्रिय कालाकारहरुलाई स्थान दिईने उनले बताए । उनले महोत्सवकै अवधिमा समाजिक काम गर्दै उद्घाटनका दिनदेखि हरेक दिन सुदूरपश्चिमको लोक संस्कृति कला झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । १०माघदेखि २६सम्म संचालन हुने महोत्सवमा विद्यार्थी सहुलियत तर्फ ४० र साधारण तर्फ ८०रुपैया कायम गरिएको छ । भने, अति अशक्त, जेष्ठ नागरिकहरुको हकमा समेत भारी छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव पछिल्ला बर्षहरुमा थलिरहेको आर्थिक कारोकार मेला, महोत्सवका माध्यमबाट समेत अघी बढाईन लागेको बताए । ‘हाम्रा स्थानीय एव स्वदेश बस्तु तथा सेवा मेलाका माध्यामबाट प्रर्दशनी गर्ने, बिक्रि वितरणदेखि प्रर्बद्धन गर्ने हो, ‘महासचिव पनेरुले भने, ‘जसका कारण पनि हाम्रा उत्पादनक किसानदेखि उद्योगी, व्यवसायी प्रोत्साहित हुन्छन ।’

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

दिसामा भेटियो खैरो हेरोइन, एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनप...
पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

पुर्व विद्यार्थी नेता ज्ञानु भट्टद्वारा बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि आर्थिक सहयोग

कञ्चनपुर - बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी ...
दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

दुई सामुदायिक विद्यालयमा डिजिटल शिक्षाका लागि एनएमबी बैंकको सहयोग

महेन्द्रनगर, — एनएमबी बैंक लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कञ्...
सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

सहकारीको रकम हिनामिना मुद्दाका दोषी सोती पक्राउ

कञ्चनपुर – कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट ख...
असी बर्षिय सासुका आखामा बुहारीका दुःख

असी बर्षिय सासुका आखामा बुहारीका दुःख

महेन्द्रनगर – काठका खाबाको साहारामा बनाईएको बाख्रा गोठ जस्तै देखिने छाप्रो । छाप्रोको एक फिट माथिबाट माटोले पातेको बार, अनि बार मा...
पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

पुष्पलालको जन्मथलोमा स्मृति दिवस, पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेललाई

रामेछाप - प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा ने...
मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

मौन चिच्याइरहेको समाज: आत्मदाहका बढ्दा घटनाले उठाएका असहज प्रश्नहरू

– रमेश बस्नेत, कुनै पनि समाजको वास्तविक अवस्था केवल त्यसका अग्ला भवन, फराकिला सडक वा आर्थिक सूचकाङ्कले मापन हुँदैन। त्यो समाज कति ...
महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगरमा एनसेल सेन्टर फोफो स्टोर अवधारणासहित पुनः सञ्चालनमा

महेन्द्रनगर - एनसेलले फ्रान्चाइज ओन्ड, फ्रान्चाइज–अपरेटेड (फोफो) स्टोरको अवधारणामा महेन्द्रनगरमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज