Advertisement

महाकाली प्रादेशिक अस्पतालको ओसीएमसीलाई एनएनएसडब्ल्यूएद्वारा सामग्री सहयोग

महेन्द्रनगर-राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्ल्यूए)ले महाकालि प्रादेशिक अस्पतालमा सञ्चालित एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) सुदृढीकरणका लागि सामग्री हस्तान्तरण गरेको छ।

मंगलबार लैङ्गिक हिंसाविरुद्धको सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन एनएनएसडब्ल्यूए र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साँझेदारीमा सञ्चालित किशोरी समृद्धिका लागि ‘बी फोर जी’ परियोजना अन्तर्गत आवश्यक सामग्रीहरू १ थान सोफा सेट, १ थान लो बेड, १ थान स्टिल दराज, १ थान स्ट्यान्ड फ्यान, १ थान एएनसी परिक्षणका लागि प्रयोग हुने फोल्डेबल बेड र १ थान बाकस सहितको काठको बेञ्च गरि रू। ८१ हजार ७ सय बराबरको सामग्री हस्तान्तरण गरिएको हो।

एनएनएसडब्ल्यूए का निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरूले महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। अर्जुन भट्टलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन ।
सामग्री हस्तान्तरण गर्दै निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरुले ओसीएमसी जस्ता संकट व्यवस्थापन केन्द्रहरू सशक्त र प्रभावकारी रुपमा सञ्चालन हुनु अत्यन्त जरूरी रहेको उल्लेख गरे । लैङ्गिक हिंसा पीडित महिला, किशोरी र लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूलाई समुचित संरक्षण, सेवा र पुनर्स्थापनाका लागि यस्ता केन्द्रहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले परियोजनाको मूल उद्देश्य पनि किशोरी र महिलामाथिको हिंसालाई न्यून गर्दै सुरक्षित, उत्तरदायी वातावरण निर्माण गर्नु भएकाले, यो सामग्री सहयोगले केन्द्रको सेवा क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

त्यस्तै, महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। अर्जुन भट्टले नेपाल राष्ट्रिय समाज कल्याण संघ र वर्ल्ड भिजनले गरेका यस्ता सहयोगले थप उत्साह र ऊर्जा प्रदान गरेको बताए ।

सामग्री हस्तान्तरण कार्यक्रममा एकद्धार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन भावना शर्मा, नर्सिङ्ग निरीक्षक सुनिता थापा, नेपाल राष्ट्रिय समाज कल्याण संघका परियोजना संयोजक देबराज बडु, ‘बी फोर जी’ परियोजनाकी संयोजक लगायत सहभागि थिए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज