Advertisement

मर्निङग्लोरीद्धारा उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान

महेन्द्रनगर – मर्निङग्लोरीले उच्च शिक्षाका लागि छात्रवृत्तिमा अध्ययन गर्न नाम निकाल्न सफल विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्यालयबाट कक्षा ११/१२  अध्ययन गरी यसवर्ष एमबिबिएस डाक्टर, नर्सिङ, इन्जिनियरिङ, आयुर्वेद डाक्टर अध्ययनका लागि नाम निकालेका विद्यार्थीहरू लाई बधाई तथा सम्मान कार्यक्रम गरेको हो ।

विद्यालय व्यवस्थापन सञ्चालक केशव चन्दको अध्यक्षता र पृथ्वी भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा एमबिबिएस डाक्टर पढ्न छात्रवृत्तिमा नाम निकाल्न सफल प्रकृति जोशी, हार्दिक सुनार र दिपक जोशीलाई खाँदा सहित टिका लगाएर सम्मान गरिएको थियो । त्यसै गरी बीएस्सी नर्सिङकालागी छात्रवृत्तिमा नाम निकाल्न सफल डम्मरा बोहरा र आयुर्वेदिक डाक्टर अध्ययन कालागी छात्रवृत्तिमा नाम निकाल्न सफल निरुता मिश्र लाई पनि सम्मान गरिएको थियो ।
त्यसै गरी स्कूलका कोर्डिनेटर सुनिल ठाकुर, पूर्व प्रिन्सिपल लक्ष्मी महरा अतिथि रहेका थिए ।

कार्यक्रममा पृथ्वी राज भट्टले विद्यार्थीहरूको उज्वल भविष्य र प्रगतिको शुभकामना मन्तव्य राखेका थिए । उनले सबै विद्यार्थीलाई मनैदेखि बधाई ज्ञापन गर्दै छात्रवृत्तिमा नाम निकाल्नु जीवनको परीक्षाको पहिलो खुट्किलो भएकाले अझै पनि हार्ड ओर्किङ गर्न विद्यार्थीहरुलाई आग्रह गरे । आफ्नो आमा बुबाको र आफ्नो सपना साकार गर्न र विद्यालयको गरिमालाई उचो बनाएकोमा विद्यार्थी सबैलाई धन्यवाद दिए । विद्यार्थीले गरेको सफलताले विद्यालयको गरिमा बढेको उल्लेख गर्दै विद्यार्थीहरुले विद्यालयको शाख निरन्तर राख्ने उनले आशा व्यक्त गरे ।  कोर्डिनेटर सुनिल ठाकुरले कार्यक्रमको बारेमा जानकारी प्रस्ट पार्दै विद्यार्थीहरूलाई बधाई दिएका थिए ।

त्यस गरी विद्यालयका सञ्चालक समिति अध्यक्ष केशव चन्दले पनि विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयको गरिमा थप विर्दी गरेकोमा धन्यवाद दिए ।
६० विद्यालय सहभागी राष्टपति रनिङ प्रतियोगितामा मर्निङगलोरी मार्चपासमा प्रथम भएको थियो । मर्निङगलोरीबाट   प्लस टू अध्ययन गरेका १५ जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा एमबिबिएस डाक्टर पढिरहेका छन् । यो विद्यालयबाट प्लस टू गरेका  १३ जनाले भेटेरीनरी डाक्टर पढेका छन्। त्यसैगरी २ जनाले CA गरिसकेका छन् भने इन्जिनियरिङ, bsc नर्सिङ , फोरेष्ट्री, र आयुर्वेदिक डाक्टरमा गरी सयौ विद्यार्थी छात्रवृत्तिमा अध्ययन गरिरहेकी छन् ।
२०६२ मा स्थापना भएको स्कुलले २०७१ देखि विज्ञान विषयको अध्ययन सुरु गरेको थियो । गत शैक्षिक शत्रमा ८० जना विद्यार्थीले प्लस टू गरेका थिए ।

कक्षा ११ मा विज्ञान विषय अध्ययनरत विद्यार्थी प्रिन्जल गहतराजले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रिन्सिपल चूडामणि शर्माले गरेका थिए ।

समाचार भिडियोमा हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज