Advertisement

बन्यजन्तु सरक्षणमा मिडियाको भूमिका विषयक कार्यशाला गोष्ठी सम्पन्न

धर्मा कुमारी रोकाया,  महेन्द्रनगर–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आयोजना गरेको एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शुक्रबार शुक्फाटा राष्ट्रिय निकुञ्जले जेडएसएल नेपालसंगको सहकार्यमा संरक्षण्मा मिडियाको भुमिका विषयक एक दिने कर्याशाला गोष्ठि सम्पन्न भएको हो ।

उक्त गोष्ठिमा बन्यजन्तु संरक्षणका क्षेत्रमा १५ बर्षदेखि कलम चलाउदै आएका अनुभवि तथा बरिष्ठ पत्रकार लक्ष्मी उपाध्यायले बन्यजन्तु संरक्षणको लागि कसरी समाचार संकलन गर्नेदेखि लिएर समाचार प्रभावकाबारेमा आफ्ना अनुभव आदानप्रदान गर्नुभएको थियो । गोष्ठिमा जेडएसएल नेपालका कार्यक्रम संयोजक सन्तोष पौडेलले संस्थाको कार्यपत्र प्रस्तुत गर्दै संस्थाले अहिले सम्म गरेको र अव गर्ने कस्ता कार्यगर्नेछ भन्नेबारे जानकारी दिएका थिए । उहाँले बन्यजन्तु संरक्षण्मा संञ्चारकर्मी र संञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै बाके बर्दिया र शुक्लाफाटामा संस्थाले विभिन्न चरणमा काम गरीरहेको बताउनुभयो । संस्थाले पहिलो चरणमा ईन्टीग्रेटेड टाईगर ह्याविटेट कन्जरभेसन प्रोग्राम चलाएको र जसले नेपाल सरकारलाई नितिनिर्माणका कुरामा धेरै नै सहयोग पुगेको बताए । त्यसैगरी दोस्रो चरणमा बागको गणना अर्थात बागको मोनोटरीङ्ग लगायत समुदायस्तरमा जीवीकोपार्जनमा सहयोग गरेको, तेस्रो चरण्मा फायर लाईन निर्माण लगायत वायर फेन्सिङ्ग(बेदकोट नगरपालिका वडा नं. ९ हात्तिथलामा)का कार्य भएको बताउनुभयो । उहाँले तेस्रो चरणको कार्यक्रम अन्तरगत नै तत्काल राहत कोष, जीवीकोपार्जनका लािग उपसमुहहरुको निर्माण गरी समुहमा अधिकतम ६ प्रतिशत भन्दा बढिनहुने गरी विनाधितो लगानी गरीरहेको बताउनुभयो ।
उहाँले चौथो चरणको कार्यक्रमअन्तरगत करीडोरहरुमा कार्य गर्ने बताउनुभयो । ‘विगत तेस्रो चरणसम्मको कार्यक्रमम अन्तर्गत फायर लाईन निर्माण, फेन्सिङ्ग, नितिनिर्माण लगायत तत्काल राहत कोष निर्माण र मध्यवर्ति क्षेत्रका जनताको जीवीकोपार्जकालागि काम ग¥यौ,’ उहाँले भन्नुभयो ‘अव चौथो चरणको कार्यक्रमअन्तर्गत हामी करीडोर(बासस्थान)मा काम गछौ ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी तथा संरक्षक अधिकृत पुरुषोत्तम बाग्लेले राष्ट्रिय निकुञ्जको छोटकरीमा परिचयको प्रस्तुति खाख्नुभएको थियो । उहाँले शुक्लाफाटा राष्ट्रिय निकुञ्ज जैविक विविधताको दृष्ट्रिकोणले हेर्दा अति नै महत्वपूर्ण रहेको बताउनुभयो । ‘यो राष्ट्रिय निकुञ्ज जैविक विविधताको दृष्ट्रिकोणले हेर्दा नेपालका अन्य निकुञ्जभन्दा महत्वपूर्ण रहेको छ,’ उहाँले भन्नुभयो ‘यसको जैविक विविधताको मात्रै पचार प्रसार गर्नसके मात्रै पनि पर्यटन प्रबद्धनमा टेवा पुग्छ ।’ उहाँले शुक्लाफाटा निकुञ्जमा थुप्रै अवसरसंगै सीमा अतिक्रमण देखि विभिन्न चुनौतीहरु पनि रहेको बताउनुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वाडेन एवं बरिष्ठ सरक्षण अधिकृत मनोज शाहले सरकारले राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तर त्यसका लागि पूर्णरुपमा बजेट विनियोजन नगर्ने चपेटामा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज पनि परेको बताउनुभयो । ‘सरकारले निकुञ्ज घोषणा गर्छ तर पूणर््रुपमा बजेट दिदैन,’ उहाँले भन्नुभयो ‘अनि कसरी हुन्छ पर्यटन प्रबद्धन ? अहिले निकुञ्जमा जम्मा ७ करोड जतिमात्रै बजेट छ, यति कम बजेटले कसरी पर्यटन प्रबद्धन गर्र्ने ? विसौ बर्ष अगाडिको बजेट १७ करोडभन्दा बढि हुन्थ्यो, अहिले यस्तो हालत छ, अहिले राहतको कोषको रकम समेत सकिएको अवस्था छ ।’
उहाँले निकुञ्जभित्र बन्यजन्तु हेर्न जानका लागि भौतिक संरचनाहरुको निर्माण भईरहेको बताउनुभयो । उहाँले सिमाअतिक्रमणको समस्या निकै नै पेचिलो बन्दै गएको बताउनुभयो । त्यसको लागि माथिल्लो निकायले बसेर छलफल गर्नुपर्ने देखिएको बताउदै नेपाली सेनाको लागि बस्ने क्याम्प निर्माणको क्रममा रहेको र डेढ÷दुई महिनाभित्र निर्माण सम्पन्न हुने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया सहितका विभिन्न संचार माध्याममा कार्यरत पत्रकार र संरक्षणको क्षेत्रमा कामगर्दै आईरुहेका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज