Advertisement

पुनर्वास नगरपालिकाको न्यायिक समितिद्वारा तीन ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

किशोर तामाङ , पुनर्वास – कञ्चनपुरको पुनर्वासमा न्यायिक समितिको आयोजनामा तीन ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको  छ । पुनर्वास नगरपालिका वडा नम्बर ४, १ र २ मा गरी न्यायिक समितिले सार्वजनिक सुनवाई गरेको थियो ।

पालिकाको न्यायिक समितिबाट प्रवाह गरिएका सेवा सुविधा, सुशासन, सामाजिक उत्तरदायित्व, न्यायिक गतिविधिको प्रभावकारिता, पारदर्शिता र जवाफदेहिताका विषयमा सार्वजनिक सुनुवाइमा छलफल गरिएको थियो। पुनर्वास नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमलाई बार्षिक कार्यतालिका अनुसार नियमित रूपमा सञ्चालन गर्दै आएको  पुनर्वास नगरपालिकाको नगरप्रमुख तथा न्यायिक समिति संयोजक भूलीया कुमारी रानाले जानकारी दिनुभयो ।

यसरी विभिन्न ठाउँमा सार्वजनिक सुनवाई गर्दा, नागरिकहरूलाई न्यायिक समितिको बारेमा जानकारी हुने, न्यायिक समितिले गर्ने काम कारबाही, र न्यायक समितिमा के का लागि किन र कसरी पुग्ने भन्ने जस्ता विषयमा जानकारी हुने उहाँले बताउनुभयो ।  जसले समग्र स्थानीय शासन प्रणालीलाई जनमुखी र उत्तरदायी बनाउने उद्देश्य राखेको उहाँको तर्क छ ।

पुनर्वास ४, १ र २  भएको न्यायिक समितिको सार्वजनिक सुनवाइमा बोल्दै पुनर्वास नगरपालिकाका नायब सुब्बा तथा न्यायिक समिति उजुरी प्रशासक गणेशराज जोशीले न्यायिक समितिले सेवा प्रवाहमा पारदर्शिता र सुशासन सुनिश्चित गर्न विभिन्न सुधारात्मक कदम चालेको बताउनुभयो । उहाँले न्यायिक समितिमा आएका विवादहरू निरूपण गर्न कुनै पनि पक्ष विपक्ष नभनिकन स्वतन्त्रपूर्वक मेलमिलाप मार्फत काम गर्दै आएको बताउनुभयो । न्यायिक समितिमा पुग्ने जो कोही पनि व्यक्ति कसैको हार जित भन्दा पनि जित-जीतको अवस्थाबाट मिलेर फर्किने गरेको उहाँको तर्क छ ।

तिनै ठाउँमा भएको कार्यक्रममा सहभागीहरूले न्यायिक समिति भनेको के हो? न्यायिक समितिले के काम गर्छ? न्यायिक समितिमा किन र केका लागि पुग्ने? न्यायिक समितिमा उजुरी दर्ता गर्न आउँदा के के चाहिन्छ ? लगायतका पुनर्वास भित्रका विभिन्न विषयहरुमा प्रश्नहरू गरेका थिए । सहभागीहरूको प्रश्नको जवाफ दिँदै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक भुलिया कुमारी रानाले स्थानीय सरकार जनताको सेवा गर्न कटिबद्ध रहेको स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा सहभागिहरूले न्यायिक समितिको कार्यप्रणाली, विवाद समाधानको पारदर्शिता, सेवा प्रवाहको गति र पहुँचको विषयमा सुझाव र गुनासोहरू राखेका थिए। कार्यक्रमको सहजीकरण नेपाल सृजनशिल विकास तथा संरक्षण समाज (CDPS-Nepal) ले गरेको थियो।

सहभागीहरूले यस किसिमको सार्वजनिक सुनुवाईले स्थानीय तहमा जवाफदेहिता र नागरिक सहभागिता बढाउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा न्यायिक समितिका पदाधिकारी, सहजीकरण संस्था (CDPS-Nepal) का अध्यक्ष, कर्मचारीहरु, स्थानीय नागरिक, महिला समूह, युवा प्रतिनिधि, नागरिक समाज, पत्रकार र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार किशोर तामाङ्गले गर्नुभएको थियो

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज