Advertisement

‘नेपालको जेन(जी प्रदर्शनमा ३४ प्रतिशत नक्कली खाताको भूमिका’

काठमाण्डौ – नेपालमा भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा करिब ३४ प्रतिशत नक्कली सामाजिक सञ्जाल खाता प्रयोग भएको एक अनुसन्धानले निष्कर्ष निकालेको छ। अनलाइन संवाद नक्कली अकाउन्ट र कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रोफाइलबाट फैलाइएको सो अनुसन्धानको निष्कर्ष छ।
इजरायलको तेलअभिभमा रहेको साइबर इन्टेलिजेन्स कम्पनी सायाब्राले गरेको अनुसन्धानमा नेपालमा हालै भएको जेन-जी आन्दोलन वास्तविक प्रयोगकर्तासँग नक्कली मिसिएर अतिवादी बनाइएको उल्लेख छ। जेन-जी प्रोटेस्ट, वेकअप नेपालजस्ता ह्यासट्याग प्रयोग गर्दै आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाउने दिशामा धकेल्न केही नक्कली प्रयोगकर्ताहरूको भूमिका रहेको सो अनुसन्धान प्रतिवेदनमा भनिएको छ।
सायाब्राले खुलासा गरेअनुसार भदौ २३ र २४ मा भएको प्रदर्शनका लागि सामाजिक सञ्जालमा आह्वान गर्ने हरेक तीन प्रयोगकर्तामध्ये एक नक्कली खाताधारक रहेको पाइएको हो। सायाब्राले सामाजिक सञ्जालको सत्यता र अनलाइन भ्रामक सूचनाको विश्लेषणमा विशेषज्ञता राख्छ। त्यसले नक्कली प्रोफाइलहरू सक्कली प्रयोगकर्तासँग यति सहज ढंगले घुलमिल भएको बताएको छ कि सक्कली र हेरफेर गरिएको गतिविधि छुट्याउनै गाह्रो हुन्छ। कम्पनीको अनुसन्धानले नक्कली खाताहरूले हिंसात्मक बयानलाई बढावा दिएर युवा नेतृत्वको प्रदर्शन वरपरको सक्कली अनलाइन छलफललाई बिगारेको बताएको छ।
सायाब्रा एक सामाजिक सञ्जाल गुप्तचर कम्पनी हो, जसले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरेर नक्कली खाता, समन्वित असक्कल व्यवहार र भ्रामक अभियान पत्ता लगाउँछ। साइब्राको विश्लेषणअनुसार अधिकांश सहभागी सुधारको माग गर्ने सक्कली आवाज भए पनि प्रदर्शनसम्बन्धी छलफलमा संलग्न हरेक तीन खातामध्ये एक नक्कली वा समन्वित अभियानको हिस्सा थियो। यी खाताहरूले चरम र टकरावपूर्ण सामग्रीलाई बढावा दिएर एक्स (पूर्वट्विटर), मेटा (फेसबुक), टिकटकजस्ता प्लेटफर्ममा फैलाए।
सामाजिक सञ्जालमा सुरु भएको प्रदर्शन, जुन तीन नेपोकिड ह्यासट्यागबाट सुरु भएको थियो र ती राजनीतिक नेताहरूका सन्तानको विलासी जीवनशैलीविरुद्ध थियो। सोही कारण भदौ २३ गते ‘शान्तिपूर्ण’ प्रदर्शनको आह्वान गरिएको थियो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २६ सामाजिक सञ्जाल एपमाथि अचानक प्रतिबन्ध लगाएपछि प्रदर्शनमा अप्रत्यासित रूपमा ठुलो भिड जम्मा भयो।
हजारौं सक्कली युवा प्रयोगकर्ताले भ्रष्टाचारको अन्त्य र ठुलो जवाफदेहिताको माग गर्दै सामाजिक सञ्जालमा सन्देश पोस्ट गरेका थिए। तर सायाब्राले दाबी गरेअनुसार समन्वित नक्कली खाताले बनाएको गलत बयान विश्वभर ३२ करोडभन्दा धेरै सम्भावित दर्शकसम्म पुगेको थियो। प्रदर्शनको आह्वानपछि भएको व्यापक प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घाइते भए। हिंसा भड्किएपछि अन्ततस् प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भए।
सायाब्राको अध्ययनले समन्वित नक्कली खाताले कृत्रिम बुद्धिमताद्वारा निर्मित भिजुअल प्रयोग गरेको, जेन-जी प्रोटेस्ट र वेकअप नेपाल जस्ता ह्यासट्याग हाइज्याक गरेको र सक्कली प्रोफाइलसँग अन्तरक्रिया गरेर वैध देखाउन खोजेको पाइयो।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका साइबर सुरक्षा अनुसन्धानकर्ता डा। राजीव सुब्बाले यस्तो हेरफेरले महत्वपूर्ण राष्ट्रिय घटनालाई प्रभावित गर्न सक्नु दुखद भएको बताए। ‘तर यो विश्वभर, विकसित देशहरूमा पनि देखिने निरन्तर गलत अभ्यासमध्ये एक हो। साइबरस्पेसलाई निश्चित एजेन्डा पूरा गर्न हतियार बनाइँदै छ र देश र सरकारले यस्ता खतराहरू सामना गर्न सतर्क हुनुपर्छ,’ सुब्बाले भने ।
– नागरीक दैनिकबाट

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज