Advertisement

निर्वाचन क्षेत्र नं. ३मा पूर्व साँसद भट्ट सहित ११ नेताको उम्मेदवारी, महिलामा चिनी गिरी निर्विरोध

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा(एमाले)को ११औ महाधिबेशन प्रतिनिधिका लागि पूर्व साँसद दिपक प्रकाश भट्टसहित ११ जनाले उमेदवारी दिएका छन् । बुधबार एमाले पार्टी कार्यालयमा खुला, युवा र महिला गरी तिन कलस्टरकाबाट चार जना महाधिबेशन प्रतिनिधिका लागि ११ जनाको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी दिए । खुलाबाट पूर्व सांसद दिपक प्रकाश भट्टसहित ६ जनाले उमेदवारी मनोनय दर्ता गराएका हुन् । उमेदवारी दिनेमा एमाले सुप प्रदेश कमिटी सचिवालय सदस्य महेश प्रसाद पन्त, एमाले जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र एमाले जिल्ला सदस्य विष्णु कँडेल तथा ओमकार पन्त रहेका छन ।

 

महाधिवेशन प्रतिनिधिमा महिलाको तर्फबाट चिनी गिरीले उमेदवारी दिएकोमा उनको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी छन् । महिलामा कमला भट्ट आकाँक्षी थिइन् । गिरी र भट्टबीच भएको आपसी सहमतिमा गिरी प्रतिनिधि भएकी छन् ।

गिरी दोधारा चाँदनी नगरपालिकाकी निवर्तमान उप मेयर हुन् । उनी यस अघि नेपालगञ्जमा भएको एमालेको चौथो महाधिवेशनमा प्रतिनिधि भएकी थिइन् । उनी अखिल नेपाल महिला संघकी अध्यक्ष हृुन् । निर्वा्चन समितिले गिरीको निर्विरोध भएको आधिकारिक रुपमा घोषणा गरेको छैन ।

निर्वाचन क्षेत्र नं। ३ बाट खुलामा दुई सहित युवा र महिला एक/एक प्रतिनिधि निर्वाचित हुने छन् । युवामा एक जनाका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

उनीहरुमा ओम बस्नेत, केशब चन्द, श्याम भट्ट र नरेन्द्र सिह कार्की हुन् । युवामा एमाले भीमदत्त नगर कमिटी अध्यक्ष हिमाल चन्द र युवा संघका नेता प्रशान्त भट्ट पनि उम्मेदवार हुने चर्चा थियो । उनीहरु दुबै जना अन्तिम समयमा पछाडि हटेका हुन् ।
एमाले महाधिवेशन प्रतिनिधि छनोट निर्वाचन क्षेत्रीय कमिटीका प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले साँझ ४ बजेसम्म दर्ता भएका उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेका थिए ।
प्रमुख निर्वाचन अधिकृत कार्कीका अनुसार बिहीबार दिउँसो १२ बजेसम्म उम्मेदवारमाथि दावी र विरोध र त्यसपछि १ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ ।
निर्वाचन क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि एक हजार तीन सय ८२ मतदाताले मतदान गर्न सक्ने छन् । कञ्चनपुरका तीन निर्वाचन क्षेत्र र दलित क्लष्टरबाट १६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने छन् । मंसिर १३ गते प्रतिनिधि चयन हुने छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज