Advertisement

दैजी–लिपना सडक योजनाको ठेक्का सम्झौता तोडिँदै

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका विभिन्न सडक आयोजनाका ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरीएको छ ।
पूर्वाधार विकास कार्यालयले राष्ट्रिय पत्रिकामा बिहिबार सूचना जारी गर्दै ठेक्का सम्झौता किन नतोड्ने भन्दै दैजी लिपना सडक ठेक्का सम्झौता तोड्ने संकेत गरेको हो ।
पूर्वाधार विकास कार्यालयले लामो समयदेखि अलपत्र रहेका तथा पटक पटक मौखिक र लिखित ताकेता गर्दासमेत बेवास्ता गरी हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएका २५ ओटा निर्माण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गरेर २५ ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले लामो समयदेखी अलपत्र रहेका सडक योजना सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम ठेक्का अन्त्य गर्न लागेको जानकारी दिए ।
“हामीले पटकपटक ताकेता गर्दा समेत सम्पर्कमा नआएर सडक निर्माण अलपत्र पार्ने २५ सडक योजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु गरेका छौँ,” उनले भने, “पाँच÷सात वर्षदेखि अलपत्र रहेका सडक योजना काम हुने अवस्था नदेखिएपछि ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो ।”
पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७६–७७ देखि सुरु भएका धेरैजसो सडक आयोजनामा प्रगति न्यून छ । ठेक्का लिएका निर्माण व्यवसायीहरूले काममा ढिलासुस्ती गर्दै आएपछि स्थानीयले समेत चर्को गुनासो गर्दै आएका थिए ।
त्यसैगरी सडक डिभिजन कार्यालय महेन्द्रनगर २०७८–७९ मा सम्झौता भएर काम नभएका ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको कार्यालयका सूचना अधिकारी हरिप्रसाद जोशीले जानकारी दिए । कार्यालयका अनुसार पूर्वपश्चिम राजमार्गको अत्तरिया–गड्डाचौकी खण्डका विभिन्न स्थानमा सडक विस्तार गर्ने कैलालीको खुटिया पुल–उर्मा–भडा सडकको स्तरोन्नति गर्ने कार्य अलपत्र छ ।
ठेक्का सम्झौताअनुसार उक्त सडकको काम अलपत्र छाडी पटकपटक ताकेता गर्दा निर्माण कम्पनीले काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो । ठेक्का तोडिने सूचीमा अधिकांश ग्रामीण भेगका सडक परेका छन्। यी सडक नबन्दा स्थानीय बासिन्दाले दैनिक आवतजावतमा निकै सास्ती खेप्नुपरेको छ ।
२०७४ साल वैशाख ८ मा नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएता पनि १८ करोड ३६ लाख रकम भुक्तानी भइसक्दा पनि सडक कालोपत्रे हुन् सकेको छैन । सडक निर्माणका लागि अहिलेसम्म पाँचपटक म्याद थप गरिसकिएको छ ।
पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका अनुसार, पछिल्लो पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो ।
दैजी–जोगबुढा सडक निर्माण नहुँदा कञ्चनपुर, डडेल्धुरा र भित्रीमधेशका स्थानीयले कठिन यात्रा गर्नुपरेको छ ।
पाँचौं पटक थपिएको म्याद असार १५ गते सकिन लागेको भएता पनि निर्माणको नाममा निर्माण कम्पनीले बिग्रेको जेसिबि राख्नु बाहेक केही गरेको छैन । निर्माण कम्पनीले यस वर्ष बर्सादले अवरुद्ध भएको बाटो खोल्नु बाहेकको काम नगरेको यातायात व्यवसायी महाजन बोहोराले बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज