Advertisement

दैजी–जोगबुडा सडक कालोपत्रे कार्य प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टलाई कञ्चनपुर उद्योग बाणिज्य संघको आग्रह

महेन्द्रनगर – कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाली करिडोर र दैजी–जोगबुडा सडक कालोपत्रे लगायतका पूर्वाधार विकासका कामलाई प्राथमिकता दिन प्रदेश सरकारका नब नियुक्त मुख्यमन्त्री लगायत मन्त्रीसँग आग्रह गरेको छ ।

संघका अध्यक्ष दिनेश मल्लको नेतृत्वमा बुधबार अस्थायी राजधानी धनगढी पुगेको प्रतिनिधिमण्डलले नवनियुक्त मुख्यमन्त्री खगराज भट्टलगायत मन्त्रीहरूलाई भेटी प्रदेशको आर्थिक बिकाशका लागि दैजी जोगबुडा सडक खण्डलाई कालोपत्रे कार्य गर्न आग्रह गरेको हो ।

बाणिज्य संघको प्रतिनिधिमण्डलले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाटसँग भेट गरी प्रदेशको आर्थिक विकाससँग सम्बन्धित विभिन्न विषयमा समेत ध्यानाकर्षण गराएको छ ।

कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा उद्योग स्थापना तथा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न आग्रह गरेका अध्यक्ष मल्लले प्रदेशका सबै क्षेत्रमा सडकको सहज पहुँच हुनुपर्ने बताए । कञ्चनपुर जिल्लामा औद्योगिक क्षेत्र घोषणा गरेर मात्रै नपुग्ने उल्लेख गरेका अध्यक्ष मल्लले औद्योगिक क्षेत्रको सञ्चालन तथा विकासको लागि दैजी जोगबुडा सडक पनि कालोपत्रे हुन् जरुरी रहेको बताए । त्यसैगरी उनले जनताका प्रत्यक्ष जनजीविका सँग जोडिएका सडक लगायतका विकाशका पूर्वाधारलाई प्राथमिकता दिन मुख्यमन्त्री भट्टलाई आग्रह गरे ।
उनले महेन्द्रनगर स्थित विमानस्थल निर्माणको कार्य गर्नसमेत प्रदेश सरकारको ध्यानाकषर्ण गराए।
संघले उद्योगी व्यवसायीले भोग्दै आएका विभिन्न समस्या समाधान गरी लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड दिएको छ । निजी क्षेत्रको विकासबिना प्रदेशको आर्थिक समृद्धि सम्भव नहुने भएकाले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको अध्यक्ष मल्लले बताए।
भेटका क्रममा मुख्यमन्त्री भट्टले उद्योगी व्यवसायी देशको आर्थिक मेरुदण्ड भएको बताउँदै संघले उठाएका विषय आफ्नो प्राथमिकतामा रहेको बताए ।
दैजी-जोगबुडा-बुडर सडक प्रदेश गौरवको योजना भएको र आफ्नो एक नम्बर प्राथमिकतामा परेको मुख्य मन्त्री भट्टले बताए ।
निजी क्षेत्रसँग सहकार्य र छलफल गरी आगामी बजेट निर्माण गर्ने बताउँदै उनले उद्योग तथा व्यवसाय क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक रहेको समेत उल्लेख गरे ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज