Advertisement

झोलुङ्गे पुल भाचिएसंगै व्यपार व्यवसायमा धक्का लाग्ने चिन्ता, पुलको सम्बन्धीत निकायद्धारा निरक्षण

महेन्द्रनगर – बुधबार विहान एकाएक दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुंङ्गे पुल चुडिएको खवर सामाजिक संजाल फेसबुल लगायत टिकटकमा भाईरल बन्यो । नवनोस पनि किन ? भारुमा कारोबार गर्नुपर्ने बाध्यता, आफ्नै जिल्लाको सदरमुकाम पुग्न पनि भारतिय बाटोको प्रयोग गर्दा एसएसविको दुव्यवहार सहनुपर्ने पिडाबाट मुक्ति दिलाउने पुल चुडिदा ।

दोधारा चाँदनी नगरपालिका ४ लठ्ठाघाटस्थित रिभर साईन लज एण्ड रेष्टुरेन्टका संञ्चालक जनक बहादुर सिंह पुल चुडिएपछि कारोवार ठप्प हुने चिन्ता बढेको छ । दोधारा चाँदनी नेपाल हो भनेर चिनाउने पुल चुडिदा पेशा पनि धरापमा परेको उनी बताउछन् । ‘दोधारा चादनी पनि नेपाल हो भनेर चिनाउने झोलुङ्गे पुल चुडिदा पर्यटकको संख्या घट्छन्, जसको असर हामी पेसा व्यवसाय गर्नेहरुमा पर्छ,’ उनले भने, ‘पुलले नै दोधारा चादनीलाई देशभरी चिनायो, नत्र कसले चिनाउथ्यो ?’
दाधोरा चाँदनी बासीका पुराना दिना सम्झदै उनले पुल निर्माणपछि स्थानीयको जीवनस्तरमा पनि परिवर्तन ल्याएको बताए । ‘पुल निर्माण हुनुभन्दा पहिले सदरमुकाम जान पनि भारतिय बाटो बनवासा बाटोहुदै जानुपथ्र्यो । नभए ज्यान जोखिममा राखेर किस्तीमा हिडिन्थ्यो,’ उनले भने ‘हामीलाई कति दुख थियो । अहिले त बैकल्पिकरुपमा मोटरेवल पुल पनि बनिसक्यो । अहिलेकालाई ति दुख के थाहा हुनेहुन् ?’
लठ्ठाघाट बजारमै दश बर्षदेखि आफ्नै घरमा क्रिस्टिना नास्ता तथा मदिरा पसल सञ्चाल गर्दै आएका मनोज सिंह दिनभरी निरास थिए । पुल चुडिदा मनभरी पिडा भएपनि रुन नसकेका उनी मलिन अनुहार बनाउदै आफ्ना विगतका दिन सम्झिए । झोलुङ्गे पुलसंगै मन चुडिएको अनुभुति बताउदै उनले आफ्ना विगत कोट्याए । ‘पुल चुँडिएपछि दुःख लागेको छ, रुन पो सकिएको छैन, दुःख त लागेको छ’ बुधबार दिउसो पसलमा भेटिएका सिंहले भने, ‘यही झोलुङ्गे त हो दोधारा चाँदनी चिनाएको, पहिला त हामीलाई सदरमुकाम जान कति दुख थियो । ’

सिंह परिवारले पुल बनेपछि २०६३ मा जग्गा किनेर घर बनाएका थिए । पुल निर्माण भएपछि पुल हेर्न विभिन्न ठाउँबाट पर्यटक आउन थालेको सिंहले बताए ।

२०५९ मा एसएलसी गर्न अघिसम्म लठ्ठाघाटमा दुई तीन पसल, चारैतिर झाडी र भारतीय भूमि भएर महेन्द्रनगर आएका सम्झना सिंहसित अझै छन् ।

‘पुल बन्न अघि यहा केही थिएन, बन्जर थियो, झाडी थियो, दुई तीन घर र पसल थिए’ उनी भन्छन्, ‘त्यो बेला महेन्द्रनगर जादाका दुख सम्झदा त अहिले पनि अर्कै हुन्छ । फ्रिज, बत्ति पंखा थिएनन् । धेरैसंग नेपाली नागरकिता समेत थिएन् । सामान किन्न पनि भारत जान्थ्यौ, पैसा पनि भारु नै चल्थ्यो । दोधारा चादनी पनि नेपाल हो भनेर चिनाउने यो ऐतिहासिक पुल हो । पुलको यो अवस्थादेख्दा दुख लागेको छ। ’
शारदा मावि बाट एसएलसी गरेका उनले भारतीय बाटो सदरमुकाम जादा खेप्नुपरेका दुख पनि सम्झिए । ‘दश साल जति भयो । कक्षा १२ मा पढ्थे । झाडी थिए । कालो त्रिपाल थियो । २०६३ मा जमिन किनेको थिए । ५९ को एसएलसी शारदा मावि बात् एसएलसी गरेको हो । भारतीय एसएसवि त छदैछ भारतीय नागरिकबाट समेत अपहेलना सहेर महेन्द्रनगर जान्थ्यौ । पछि यो पुलले दोधारा देशसंग जोडियो । राहत पाईयो ।’

 

दोधारा चाँदनी नगरपालिका ७ का निवर्तमान वडा अध्यक्ष दिल बहादुर सिजाली बुधबारको दिन पुल आशपासमै विताए । पुल बनेपछि पहिलो पटक बाइकमा पुल चढेर महेन्द्रनगर आउँदाको रमाईलो र पुल नहुदाको पिडा मनमा दोहोरीएको उनले बताए ।
झोलुङ्गे चुडिएको सुन्ने बित्तिकै मलाई पुल नहुदाको त्यो पीडा याद भएर आयो, उनले भने, भारतीय प्रहरी र नागरिकको अवहेलना खेपेर कसरी हामी महेन्द्रनगर जान्थौ, त्यो पीडा झलझली आयो ।’

पुल बन्न अघिसम्म भारतीय भूमि भएर दैनिक महेन्द्रनगर आउदा खेप्न पर्ने उनको पीडा पुल बनेपछि शान्त भएको थिए । पहिलो दिन मोटरसाइकल पुल वारपार गर्दा डर लागेको सिजाली बताउँछन् । भन्छन्, ‘पहिलो दिन अलि डर लागेको थियो, सुरु सुरुमा त डर लाग्थ्यो, पछि त बानी परि हालियो ।’

गैर सरकारी संस्थामा काम गर्न महेन्द्रनगर आउने उनी पछि बैकमा जागीरे भएर २०७४ मा जागिर छाडेर चुनाव लडेका थिए । कांग्रे राजनितिमा सक्रिय उनी तत्कालीन वडा अध्यक्ष हुदै नगर प्रबक्ता समेत बनेका थिए ।
झोलुङ्गे चुडिएर चिनारी गुम्ने चिन्तामा रहेका उनले झोलुङ्गे पुल पर्यटकीय क्षेत्रको धरोहर भएकाले पुललाई शीघ्र पुननिर्माण गर्नुपर्ने बताए ।
‘पूर्व पश्चिमका मानिस पुलको कारण एक आपसमा जोडिएका छन् । पर्यटकीय क्षेत्रको धरोहर हो । सरकारले पुल यथा सिघ्र निर्माण गर्नुपर्छ,’ उनले भने ‘बैकल्पिक मार्ग भएता पनि पर्यटकिय हिसावले पुलको महत्व छ, यहा पर्यटक आउदा यहाँको आर्थिक गतिविधि बढ्छ । उनीहरुले यता खर्च गर्दा यहाँका मानिसको आर्थिक स्तर बढ्छ।’

पुलका ८ ओटा टावर मध्ये पश्चिमतिर(दोधारा चाँदनी)तिरबाट तेस्रो टावर अर्थात पुर्व(भीमदत्त नगरपालिका)बाट छैटौ नम्बरको टावर जमिनमा धसेर ढलेपछि पुलको लठ्ठा महाकाली नदीमा लत्रेको छ ।
२०५९ निर्माण सुरु भएर २०६१ मा पूरा भएको थियो । तत्कालीन स्थानीय प्रशासन मन्त्रालयको झोलुङ्गे पुल महाशाखाले ९ करोड ४० लाख बढीमा पुल बनाएको थियो ।

विहान ७/८ बजेको समयमा पुलको जालि बेरिएको र पुलमा आवागमनमा अवरोध भएको खवर फैलिएको थियो भने साढे आठ बजे भने पुल नै चुडिएको खवर भाईरल भयो । खवर भाईर हुनासाथ पुल हेर्नेको घुईचो नै लाग्यो ।
विस्तारै सरोकारवाला निकाय जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपि, प्रमुख जिल्ला अधिकारीको टोली, दोधारा चादनी नगरपालिकाका नगर प्रमुख लगायतको टोली निरीक्षण गर्न पुगे । दिउसो २ बजेसम्म सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री खगराज भट्ट, भौतिक पूर्वाधार मन्त्री ओम विक्रम भाट, आर्थिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता प्रकास रावल लगायतका मन्त्रीहरु प्राविधिक सहित झोलुङ्गे पुल निरिक्षण गर्न पुगे ।

 

निरिक्षण गरेका मुख्य मन्त्री भट्टले पुल निर्माण गर्न संघ सरकार संग पहल गरिने बताए । ‘यो केवल एउटा पुल होइन, सुदूरपश्चिम प्रदेशको पर्यटन पूर्वाधार पनि हो’, मुख्यमन्त्री भट्टले भने, ‘सङ्घीय सरकारले पुल पुनर्निर्माण गर्नेबारे छलफल गरिरहेको छ । आवश्यक परे प्रदेश सरकार पनि निर्माणका लागि पहल गर्छ’ मुख्यमन्त्री भट्टले भने ।

सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री ओमबिक्रम भाटले पुल भत्किनुको कारण खोजिने र तत्काल मर्मत सम्भार कार्य थालिने बताए ।

कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महताले बुधबार संघीय संसदमा पुल पुनः निर्माण तत्काल अघि बढाउन सरकारतिस माग गरेका छन् ।

साँसद महताले महाकालीमा आएको बाढीले पुल भत्किएको संसदलाई जानकारी गराएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री भाटले नदीजन्य पदार्थ उत्खनन गरिएको वा नगरिएको विषय पनि पुल भत्किने विषयसंग सम्बन्धित हुन सक्ने बताए ।

२२ वर्ष अघि निर्माणपछि सञ्चालनमा पुलको स्वामित्व लिने निकाय अझै यकिन हुन सकेको छैन । बुधबार मुख्यमन्त्रीको निरीक्षणमा पनि स्वामित्वको विषय उठेको थियो ।

 

भौतिक पूर्वाधार विकास मन्त्री भाटले स्वामित्वको जसको भए पनि झोलुङ्गे पुल सुदूरपश्चिमको ठूलो पूर्वाधार संरचना भएर प्रदेश सरकार पुनः निर्माणका लागि लाग्ने बताए ।

सुदूरपश्चिम सरकारका पूर्व मुख्यमन्त्री रावलले तत्काल पुनर्निर्माण आवश्यक रहेको बताए । आगामी दिनमा पुनः बाढी आउनसक्ने भएकाले क्षतिग्रस्त संरचनालाई थप क्षति हुनबाट जोगाउँदै तत्काल पुनर्निर्माण अघि बढाउनुपर्ने उनको भनाइ छ ।

 

‘फेरि पनि बाढी आउन सक्छ, क्षतिग्रस्त पुलमा थप क्षति हुन सक्छ,’ रावलले भने, ‘तत्काल तीनै तहका सरकारको समन्वय र लगानीमा पुल पुनर्निर्माण गरिनुपर्छ ।’

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले पुल भत्किँदा दोधारा–चाँदनी क्षेत्रको पर्यटन पूर्वाधारमा समेत क्षति पुगेको बताए ।

 

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुङ्गे पुलमा पुगेको क्षतिबारे अध्ययन गर्न प्राविधिक टोली पठाउने तयारी थालिएको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी कोइराला मदन कोइरालाले केही दिनअघि परेको अविरल वर्षापछि महाकाली नदीमा आएको ठूलो बाढीका कारण पुलमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको बताए ।

‘९ गतेदेखि ११ गतेसम्म परेको वर्षाले महाकालीमा बाढी आएको थियो । त्यसबेला नदीको बहाव १ लाख ८० हजार क्युसेकसम्म पुगेको थियो,’ उनले भने, ‘सोही बाढीले क्षति पु¥याएका कारण पुल भाँचिएको हाम्रो प्रारम्भिक अनुमान छ ।’

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बुले बुधबार पुल मर्मतका लागि मुख्यमन्त्री भट्टलाई माग पत्र बुझाएका छन् ।

दोधारा चाँदनी लठ्ठाघाटका व्यवसायी सिंह पुल मर्मत कार्य छिटो गरी पुरानै स्वरुपमा हेर्न चाहेको बताउँछन् ।

‘पुल भत्किएपछि दोधारा चाँदनीलाई समस्या हुन्छ, झोलुङ्गे आउने पर्यटक दोधारा चाँदनीसम्म आउँन्थे’ सिजाली भन्छन्,‘पर्यटकीय क्षेत्र पनि हो, त्यसैले छटो भन्दा छिटो पुल बनाउनु पर्छ ।’

दुःखी छन् गृह मन्त्री लेखक, भन्छन्– पहिलो पटक पुलको कुरा गर्दा हाँसो मजाक गर्थे, भेट्दा महाकाली झोलुङ्गे पुल बन्छ

पूर्व गृहमन्त्री रमेश लेखकले पुल भत्किएपछि आफूलाई दुःख लागेको बताउदै सम्बन्धीत निकायलाई चाडो भन्दा चाडो पुल निर्माण गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा भत्किएको पुलका तस्बिर सहित राख्दै लेखकले लामो स्टयाटश लेखेका छन् ।
२०५६ मा साँसद निर्वाचित भएपछि आफूले पहिलो संसदमा पुलको माग गरेपछि हाँसो ठट्टाको विषय बनाइएको पनि लेखकले स्मरण गरेका छन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज