Advertisement

गणित/विज्ञान शैक्षिक सामाग्री प्रदर्शनमा सरकारी विद्यालय महेन्द्रनगर नमुना मा.वि. र लक्ष्मी मावि प्रथम

महेन्द्रनगर : जिल्ला स्तरीय अन्तर माध्यमिक गणित/विज्ञान शैक्षिक सामाग्रि प्रदर्शनीमा कञ्चनपुर जिल्लाका सामुदायिक विद्यालय प्रथम भएका छन् । शुक्रवार शान्ति निकेतन माध्यमिक विद्यालयको आयोजना तथा शिक्षा विकास निर्देशनालय दिपायलको समन्वयमा महेन्द्रनगरमा सम्पन्न अन्तर माध्यमिक गणित÷विज्ञान प्रदर्शनीमा महेन्द्रनगर नमुना मावि र लक्ष्मी मावि बागफाटा प्रथम भएको हुन् । विद्यालय तहका विद्यार्थीहरूलाई विज्ञान तथा गणित विषयमा आकर्षण बढाउने उद्देश्यले आयोजना गरीएको प्रदर्शनीमा सरकारी विद्यालय महेन्द्रनगर नमुना मावि विज्ञान विधामा र लक्ष्मी मावि बागफाटा गणित विधामा प्रथम भएको आयोजक विद्यालय शान्ति निकेतन मााविका प्रधानाध्यापक पुस्पराज ओझाले जानकारी दिए । यस्तै विज्ञानविधामा निङलासैनि माध्यामिक विद्यालय द्वितिय, सत्यवादी मावी बनगाउ तृतीय भएको प्रधानाध्यापक ओझाले बताए ।
महेन्द्रनगर नमुना माध्यमिक विद्यालयले लगातार दोस्रो पटक विज्ञान तर्फ प्रथम स्थान हासिल गरेको हो । महेन्द्रनगर नमुना माविले विद्यार्थीहरूलाई विज्ञान सामाग्री निर्माण, कम्प्युटर सम्बन्धी कोर्सका विषयमा विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएको छ ।

त्यसैगरी गणितविधातर्फ इन्टरनेशनल पब्लिक स्कुल द्धितिय र महेश्वर मावि सुकासाल तृतीय भएका छन् । लक्ष्मीमावि बागफाटा कमजोर विद्यालयको रुपमा दर्जा हुदै आएकोमा प्रमानन्द नाथ विद्यालयको प्रधानाध्यापक भएपछि विद्यालयले शैक्षिक गुणस्तरमा फड्को मारेको छ । प्रधानाध्यापक नाथले आएपछि विद्यालयमा विद्यार्थी संख्या ह्वात्तै बढ्नुको साथै विद्यालयमै गणित पार्क समेत निर्माण गरीएको छ ।

दुवैविधामा समान रुपले प्रथम स्थान प्राप्त गर्ने विद्यालयलाई ४ हजार द्धितियलाई ३ हजार, तृतीयलाई २ हजार र सान्तोना पुरुष्कार एकहजार प्रदान गरिएको आयोजकले जनाएको छ ।
विज्ञान प्रविधिका विभिन्न विद्याहरूको नमूना प्रदर्शनी गरिएको शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुस्पराज ओझाले जानकारी दिए । जिल्ला स्तरीय विज्ञान तथा गणित विषयमा गरिएको प्रदर्शनीमा विज्ञान प्रर्दशनीमा १५ विद्यालय र गणित प्रर्दशनीमा ९ विद्यालय गरि २४ वटा विद्यालयका विद्यार्थीहरुले निर्माण गरेका गणित र विज्ञानका शैक्षिक सामाग्री प्रदर्शनमा राखिएको उनले बताए । प्रदशनिमा निजि तथा सरकारी विद्यालयहरुको सहभागिता रहेको थियो ।

शैक्षिक सामाग्री मूल्याङ्कनका लागि त्रिभुवन माध्यामिक विद्यालय तिलाचौरका प्रद्यानाध्यापक रमेश कुमार जोशी, निङलाशैनी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक धनश्याम भट्ट र महेन्द्रनगर माध्यामिक विद्यालयका पुर्व प्रधानाध्यापक ललित सिंह साउद रहनुभएको थियो । सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख गोपालदत्त जोशीको प्रमुख आतिथ्यता तथा शान्ती निकेतन माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदत्त भट्टको सभापतित्वमा शिक्षिका बिमला भट्टले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज