Advertisement

खुलामञ्चमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेलाको आयोजना

महेन्द्रनगर – कञ्चनपुरमा मिनि मनोरन्जन तथा सांस्कृतिक मेला सुरु हुन लागेको छ । सुदुरपश्चिम समाबेसी अपाङ्गता संघको आयोजना तथा भावना एम्युजमेन्ट प्रालि कैलालीको व्यवस्थापनमा शुक्रबारदेखि मेला सुरु भईरहेको हो । शुक्रबार मेलाको समुद्धघाटन भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखकजोशीले गर्ने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । भीमदत्त नगरपालिका संरक्षक रहेको मेला शुक्रबार देखि साउन २९ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । मेला विहान ११ बजेदेखी राती ९ बजेसम्म मेलाको आयोजना हुनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सहित उनीहरुलाई सम्मान गरीने सुदुरपश्चिम समाबेसी अपाङ्गता संघका संयोजक उपेन्द्रबहादुर खडायतले बताए । उनले मेलाको विद्यार्थीहरुलाई ५० र सर्वसाधारणतर्फ १०० रुपाया टिकट राखिएको बताए । अपांगता भएका व्यक्तिहरुले लगाएको मेला भएको कारण अपांगताभएकाहरुका लागि बस्नका लागि उचित व्यवस्थापन गरीएको पनि उनले बताए । टिकटबाट उठेको रुपयाको दुई प्रतिशत रकम पत्रकार महासंघको अक्षयकोषको लागि प्रदानगर्ने, मेलाबाट उठेको दुई प्रतिशत रुपया ह्वीलचियर बास्केट बल खेल्नेकालागि ह्वीलचियर खरीद गर्नकालागि प्रदान गरीने संयोजक खड्काले बताए ।

मेलामा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुतीका साथै लोकनृत्य, आधुनिक संगीत, पारम्परिक थारु नृत्यहरुको प्रस्तुति रहनेछ । कलाकारहरु एलिना चौहान, ज्योती मगर, प्रिती आले,टंक तिमिल्सेना, जिबब, चक्र बम, वद्री प्रगेनी, रामजी खाण, खुमन अधिकारी, टिका पुना, रमेशराज भट्टराई, लालबहादुर धामी अछामी बड्डोलगायतका कालकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । स्थनीय खानाका स्टलसंगै थारु खानाका परिकार ढिक्री, चिचर, घोंघी, पकुवा र अन्य परिकारहरूको स्वाद लिन पाईने संयोजक खड्काले बताए ।

उज्यालो बत्तिले सजिएको, रमाइलो स्टलहरू र परम्परागत प्रस्तुतिले भरिएको महेन्द्रनगरको रात्रिकालीन महोत्सवमा एक फरक अनुभव गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज