Advertisement

कृष्णपुरका युवाहरुको सराहनीय कार्य : तीज विशेष कार्यक्रममा उठेको रकम बाढीपीडितलाई सहयोग

महेन्द्रनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रियतामा आयोजना गरिएको तीज विशेष कार्यक्रमबाट संकलित रकम बाढीपीडितका लागि सहयोग गरिएको छ।

 

भदौ २८ र २९ गते दुई दिन सञ्चालन भएको तीज विशेष कार्यक्रममा स्थानीय तथा सहभागीहरूबाट कुल ५८ हजार ६९२ रुपैयाँ संकलन भएको थियो। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका क्रममा २७ हजार ३० रुपैयाँ खर्च भएको थियो। खर्च कटाएर बाँकी रकममध्ये ३१ हजार ५०५ रुपैयाँ बाढीपीडितका लागि सहयोग गरिएको हो।

 

संकलित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको आयोजकले जनाएको छ। पछिल्लो समय विपद्का कारण प्रभावित भएका परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले कार्यक्रमबाट प्राप्त रकम सामाजिक सेवामा प्रयोग गरिएको हो।

 

स्थानीय युवाहरूले तीज पर्वलाई केवल मनोरञ्जन र सांस्कृतिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेका हुन्। तीज कार्यक्रममा सहभागी स्थानीय महिला तथा युवाहरूको उत्साहजनक सहभागितासँगै आर्थिक सहयोग पनि संकलन गरिएको थियो।

 

आर्थिक संकलन समितिका सदस्य अम्बा दत्त जोशीका अनुसार विपद्मा परेका परिवारलाई आफ्नो तर्फबाट सकेको सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको हो। उनले पर्व तथा सांस्कृतिक कार्यक्रमलाई सामाजिक सेवासँग जोड्दै आवश्यक परेका व्यक्तिलाई सहयोग गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज