नयाँ खबर
महेन्द्रनगर – नेपाली कांग्रेस संस्थापन पक्षको १५औ महाधिबेसन अन्तरगत काँग्रेस कञ्चनपुर ३ ख प्रदेश सभापति बन्न तिन जनाले उमेदवारी दिएका छन् । काँग्रेस भीमदत्त नगरपालिका १८ निवर्तमान वडा सभापति राजेन्द्र केसी, तरुण दल दोधारा चाँदनी नगर सभापति सन्दिप बस्नेत र पुरुषोत्तम अर्यालले उमेदवारी दिएका छन् ।
प्रदेश सभापतिका उम्मेदवार केसी र अर्याल दुबै भीनपा १८ का क्षेत्रीय प्रतिनिधि हुन् । बस्नेत दोधारा चाँदनी १० बाट क्षेत्रीय प्रतिनिधि भएका हुन् ।
कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रको अधिवेशन जारी छ । कञ्चनपुर ३ का सात सय १७ प्रतिनिधि महाधिवेशनमा सहभागी छन् । काँग्रेस केन्द्रीय सदस्य सन्तोसी ऐरी साउँदले अधिवेशन उद्घाटन गरेकी छन् ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।