नयाँ खबर
महेन्द्रनगर – काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय सभापतिमा भीमदत्त नगरपालिका वडा नं. ५का वडा अध्यक्ष पदम राज अवस्थी निर्वाचित भएका छन् । काँग्रेस १५औ महाधिवेशन अन्तरगत मंगलबार भएको निर्वाचनमा ३ सय ७ मत लिएर अवस्थी सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि गणेश नेगीले २ सय २५ मत ल्याएका हुन् । चुनावि प्रतिस्पर्धामा रहेका कमल चटौतले ५९ मत पाएका हुन् । अवस्थी २०७९ को स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी काँग्रेस कञ्चनपुर ३ को निर्वाचन समितिका अनुसार क्षेत्रीय सचिवमा महादेब भट्ट २ सय ८६ मत ल्याएर निर्वाचित भएका छन् ।
सचिवका प्रतिस्पर्धी गिरिजामणी शर्माले २ सय ४३ मत ल्याएका छन् ।
यसैगरी प्रदेश क मा अशोक पाण्डेय र ख मा सन्दिप बस्नेत निर्वाचित भएका छन् । प्रदेश ख मा बस्नेत, राजेन्द्र केसी र पुरुषोत्तम अर्याल उम्मेदवार थिए । क मा पाण्डेय र बुडाबीच प्रतिस्पर्धा भएको थियो । कंचनपुर ३ मा ६ सय २५ मत खसेको थियो ।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।