Advertisement

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक : भोटेकोशी बाढीपीडितलाई सात दिनको तलब सहयोग गर्ने निर्णय

धनगढी – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ।

एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा तथा पार्टीका उपमहासचिव लेखराज भट्टको विशेष उपस्थितिमा बुधबार बसेको दलको बैठकले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको हो।

बैठकले पार्टीको केन्द्रीय सर्कुलरअनुसार सुदूरपश्चिम प्रदेशसभाका प्रत्येक एमाले सांसदले आफ्नो मासिक तलबबाट सात दिन बराबरको १३ हजार १८३ रुपैयाँ कट्टा हुने गरी पार्टीको विपद् राहत कोषमा जम्मा गर्ने सर्वसम्मत निर्णय गरेको छ। साथै, बाढीपीडितलाई सहयोग गर्न सबैमा आह्वान गर्ने निर्णयसमेत गरिएको छ।

त्यसैगरी, प्रदेश कमिटीले मन्त्री, राज्यमन्त्री तथा प्रदेशसभा सदस्यका सचिवालयमा कर्मचारी तथा सहयोगी नियुक्त गर्दा आफन्त तथा नातागोतासँग प्रत्यक्ष सम्बन्ध भएका र पार्टीका गतिविधिमा संलग्न नरहेका व्यक्तिलाई नियुक्त नगर्न दिएको सुझावबारे पनि बैठकले चासो व्यक्त गरेको छ।

बैठकले प्रदेश कमिटीले तय गरेको मापदण्डअनुसार सचिवालयमा कर्मचारी तथा सहयोगी नियुक्त गरिएको छ वा छैन भन्ने विषयमा स्पष्ट विवरण प्रदेश कमिटी र संसदीय दलको कार्यालयमा उपलब्ध गराउन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ।

बैठकमा दलका उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक सुरेन्द्रबहादुर पाल, सचेतक निर्मलादेवी साउदसहित प्रदेशसभा सदस्यहरूको सहभागिता थियो।

बैठकमा एमाले उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसँगै पार्टीका इन्चार्ज तथा केन्द्रीय सदस्य दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैसीको विशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज