नयाँ खबर
काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूप्रति नेकपा (एमाले) ले श्रद्धाञ्जली अर्पण गरेको छ। तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको विभागीय बैठकले राष्ट्रिय शोक दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गरेको हो। बैठकमा बोल्दै एमाले महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पार्नुभयो। उहाँले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउँदै जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गर्ने नेकपा एमाले मात्र रहेको पनि जानकारी दिनुभयो।
त्यसैगरी, पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले राजनीतिक दलहरूबीच अन्तरक्रियाभन्दा पनि सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले ‘संंयमित भएर शक्ति आर्जन गर्ने समय हो’ भन्दै वर्तमान परिस्थितिमा एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उपमहासचिव ज्ञवालीले आउँदो असोज ३ गते संविधान दिवसको अवसरमा विहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम राखिएको समेत जानकारी दिनुभयो।
परशुराम मिडिया प्रालि.द्धारा सञ्चालित नयाँ खवर डटकमले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषण समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेषण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।