Advertisement

उग्रतारा बाल विद्यालयकी स्वर्णीमा यूएन महासभामा सहभागी हुँदै

महेन्द्रनगर – कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी स्वर्णीमा कँडेल संयुक्त राष्ट्र संघको ८१औँ महासभासँग सम्बन्धित कार्यक्रममा सहभागी हुदैछन् । युनिसेफ नेपालकी युवा अधिवक्तासमेत रहेकी कँडेलले बाल अधिकार, किशोरी सशक्तीकरण तथा युवाका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना विचार प्रस्तुत गर्ने अवसर पाएसंगै उनी आज शुक्रबार अमेरीका प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्र संघको ८१औँ महासभा सन् २०२६ सेप्टेम्बर २१ देखि २५ सम्म अमेरिकाको न्यूयोर्कमा आयोजना हुँदैछ । महासभासँग सम्बन्धित ‘युनाइटेड नेसन्स विक’ का विभिन्न कार्यक्रममा कँडेलले युनिसेफ नेपालको युवा अधिवक्ताका रूपमा सहभागिता जनाउनेछिन् ।

बाल अधिकारको प्रवर्द्धन, किशोरी सशक्तीकरण तथा युनिसेफका कार्यक्रम र पैरवीसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता र प्रतिबद्धताका आधारमा कँडेललाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भएको हो ।
न्यूयोर्कमा रहँदा उनले विश्वका विभिन्न देशका युवासँग छलफल तथा अन्तरक्रियामा सहभागी हुनुका साथै विभिन्न साइड इभेन्टमा नेपालको तर्फबाट आफ्ना अनुभव, विचार र दृष्टिकोण प्रस्तुत गर्नेछिन् ।

उग्रतारा बाल विद्यालयले बिहीबार विशेष कार्यक्रम आयोजना गरी सफल यात्रा तथा प्रभावकारी सहभागिताका लागि शुभकामनासहित विदाई गरेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशव सिंह बिष्टले स्वर्णीमाको अन्तर्राष्ट्रियस्तरको सहभागिता विद्यालयका लागि गौरवको विषय भएको बताए । उनले स्वर्णीमाले विद्यालयसँगै बेलौरी र कञ्चनपुरको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उग्रतारा बाल विद्यालयकी छात्रा स्वर्णीमाको यो अन्तर्राष्ट्रिय सहभागिताले विद्यालय, बेलौरी र सुदूरपश्चिमका विद्यार्थीलाई आफ्नो प्रतिभा, क्षमता र आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउन प्रेरणा दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज