Advertisement

अव मेरो ध्यान पार्टीलाई थप ऊर्जा दिनेमा हुनेछः विद्या भण्डारी

बुटवल – राष्ट्रपति एवं नेकपा एमालेकी सम्मानित वरिष्ठ नेता विद्यादेवी भण्डारीले अब आफू पार्टी, जनता र देशको सेवामा समर्पित हुने बताएकी छन्।
एमालेले असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेपछि रुपन्देहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले सम्बोधन गर्दै पार्टीको निर्णय स्वीकार गर्दै आगामी दिनमा पार्टीलाई थप ऊर्जा दिने बताइन्। उक्त निर्णय एमाले केन्द्रीय कमिटीले समेत अनुमोदन गरेको थियो।
‘अब यहाँभन्दा माथि जाने ठाउँ छैन। राष्ट्रपति भइसकेँ, अब कहाँ जाने रु पदको हिसाबले माथि पुगेँ। अब जाने भनेको स्वर्ग हो,’ उनले भनिन्, ‘तर राष्ट्र र जनताका लागि काम गर्ने इच्छा अझै छ। त्यसैले यही पार्टीमा रहेर काम गर्छु।’

बाल्यकालदेखि नै एमालेमा आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीतिविरुद्धको अभियानमा सहभागी भएको स्मरण गर्दै उनले आफूले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताइन्।

भण्डारीले विगतको वाम आन्दोलनका क्रममा आफूले विभिन्न समस्या भोगे पनि राजनीतिक आस्था परिवर्तन नगरेको बताइन्। पार्टी नेतृत्वबाट हुने गल्ती र कमजोरीलाई स्वीकार गर्दै त्यसलाई सच्याएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वाम आन्दोलनमा असर परेको बताइन्। २०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम आएको उल्लेख गर्दै उनले पछि एकता भङ्ग हुँदा पार्टी विभाजन र क्षति भएको स्मरण गराइन्।

‘नेतृत्वको गल्तीको असर तलसम्म पर्छ। त्यसैले हामीभित्र रहेका कमी–कमजोरी सुधारेर अघि बढ्नुपर्छ,’ उनले भनिन्।

नेपालमा वाम आन्दोलन बलियो भएको हेर्न नचाहने तत्त्व पनि रहेको उल्लेख गर्दै भण्डारीले जनताको आस्था जबरजस्ती परिवर्तन गर्न नसकिने बताइन्। जनताको विश्वास जित्नुपर्ने उनको भनाइ थियो।

भण्डारीले मूलधारका राजनीतिक दलहरू विभाजन हुन नहुने बताउँदै पार्टी विभाजनको असर समग्र राजनीतिक क्षेत्रमा पर्ने उल्लेख गरिन्। ‘हामीले हाम्रो आवश्यकता के हो, जिल्लाको आवश्यकता के हो र राष्ट्रको आवश्यकता के हो भन्ने आधारमा एकता कायम गर्नुपर्छ,’ उनले भनिन्।

एउटा निर्वाचनको परिणामलाई आधार बनाएर निराश हुनुपर्ने अवस्था नरहेको बताउँदै उनले एमाले नै वाम आन्दोलन, देशभक्तिको आन्दोलन र सामाजिक न्यायको विकल्प भएको दाबी गरिन्।

‘म यही पार्टीबाट हुर्किएर देशको राष्ट्रपतिसम्म भएँ। अब यही आन्दोलनलाई बलियो बनाउने मेरो चाहना हो,’ उनले भनिन्। राष्ट्रिय विषयमा पनि एकताबद्ध हुनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय स्वाभिमान जोगाउने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने काममा केन्द्रित हुनुपर्ने बताइन्।

‘हाम्रो राष्ट्रिय स्वाभिमान जोगाउने र नेपाली जनताको जीवनस्तर सुधार गर्ने हो। पार्टीमा लागेर गर्ने त्यही हो। पार्टीमा लागेर अरू के गर्ने हो र ?’ उनले भनिन्। उनले पार्टी जीवन परिवारभन्दा फराकिलो हुने उल्लेख गर्दै पार्टीमा पुस्ताबिचको ‘जेनेरेसन ग्याप’ हुन नदिई सबै पुस्तालाई जोडेर अघि बढाउनुपर्ने बताइन्।

‘पार्टी जीवन पनि परिवारभन्दा फराकिलो हो। त्यसैले परिवारजस्तै पार्टीमा पनि जेनेरेसन ग्याप राख्नु हुँदैन,’ उनले भनिन्।

सामाजिक शिक्षाको मर्म पनि यही रहेको बताउँदै उनले शान्तिपूर्ण परिवर्तनका लागि लामो यात्रा गर्नुपर्ने र त्यसका लागि निरन्तर अघि बढ्नुपर्ने धारणा राखिन्।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्बको बजेट

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक...
जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

जटिबुडीको खोज तथा अनुसन्धान गर्न भीमदत्त नगरपालिकामा पूर्वाधार निर्माणका लागि डेढ करोड रकम

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा रहेका जटिबुडीको खोज तथा अनुसन्धान सम्बनधी कार्य गर्ने उदेश्यका साथ सेटल फर्म एक्सलेन्सको रुपमा ...
चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

चुडिएको टेलीकमको तार तान्नेक्रममा नदीमा डुबेर सशस्त्र प्रहरीका असई बेपत्ता

महेन्द्रनगर – महाकाली नदीमा सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक(असई) बेपत्ता भएका छन् । शनिबार दिउसो सवा १२ बजे दोधारा चाँदन...
भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

भन्सार छली ल्याएको तोरीको विउसहित एक जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुर जिल्लामा प्रहरले भन्सार छलीको तोरीको विउ बरामद गरेको छ । बिहिबार प्रहरीले बेलौरी नगरपालिका वडा नं. २ बैजुडा...
आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

आज काङ्ग्रेस कञ्चनपुर देउवा समूहको पालिका अधिवेशन

महेन्द्रनगर - कञ्चनपुर काङ्ग्रेस संस्थापन इतर समूहले आज जिल्लाका सात नगरपालिका र दुई गाउँपालिकामा अधिवेशन गर्दैछ । काङ्ग्रेस १५...
मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

मेधावीका विद्यार्थीले गरे युनाईटेड ल्यावोटरीको अवलोकन

महेन्द्रनगर – कञ्चनपुर जिल्लाको महेन्द्रनगरस्थित मेधावि सेकेण्डरी स्कूल कक्षा ८मा अध्ययनरत विद्याथीहरुले युनाईटेड ल्यावोटरीको अध्य...
सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

सिर्जना सहकारीको अध्यक्षमा हिक्मत निर्वाचित

परशुराम – सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड जोगबुडाको सञ्चालक समिति अध्यक्षमा हिक्मतबहादुर साउद निर्वाचित भएका छन् । शनिबार...
सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

सुप विश्वविद्यालयमा शनिबार प्रदेशस्तरीय शिक्षक सम्मेलन हुदै

महेन्द्रनगर – सुदूरपश्चिम विश्वविद्यालयमा सुदरपश्चिम प्रदेशस्तरीय शिक्षक सम्मेलन हने भएको छ । शिक्षाको गुणस्तर अभिवृद्धि, शिक्षण स...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज